आइतबार, साउन १० २०७८
काठमाडौं १४:२७
वासिङटन डिसी 04:42

देउवा नेतृत्वको सरकारले निर्वाचनका मुखमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेका महत्वपुर्ण निर्णय उल्ट्याए

इनेप्लिज २०७४ कार्तिक २७ गते ११:४४ मा प्रकाशित

काठमाडौं, २७ कात्तिक– शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचनका मुखमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेका महत्वपुर्ण निर्णय उल्ट्याएको छ ।

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण चिनियाँ कम्पनीलाई दिने प्रचण्ड नेतृत्वको सरकारले गरेको निर्णय सोमबार खारेज गरेको हो । व्यवस्थापिका संसदका विभिन्न संसदीय समितिको निर्देशन बमोजिम भन्दै सरकारले पुर्ववर्ति सरकारकै निर्णय खारेज गरेको हो ।

सोमबार बिहानको मन्त्रिपरिषद बैठकपछि उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले अनियमित र हचुवा ढंगले गेजुवा ग्रुपसँग गरिएको बुढीगण्डकी जलविद्युत आयोजनाको समझौता संसदीय समितिहरुको निर्देशन बमोजिम आजको मन्त्रिपरिषद बैठकले खारेज गरेको बताए

गोरखा र धादिङको सिमानामा बन्ने आयोजनाको लागि सरकारले मुआब्जा वितरण सुरु गरिसेकको थियो । योसँगै अब प्रक्रिया कसरी अघि बढ्न अन्नेमा अन्योल उत्पन्न भएको छ ।

प्रतिक्रिया