बुधबार, असोज ६ २०७८
काठमाडौं ०८:२९
वासिङटन डिसी 22:44

अमेरिकाबाट १० गीत र म्यूजिक भिडियोहरु चुनिए

इनेप्लिज २०७४ साउन १३ गते २३:१३ मा प्रकाशित

न्यू योर्क- अमेरिकाबाट नायक/निर्देशक बिक्की पुलामी, न्यू योर्कमा चर्चित लोकगायक दम्पत्ती बिमल डाँगी र सारीता डाँगी, बाबू बोगटी, गोपी दाहाल, अमिर देउलाको दुई दुईवटा म्यूजिक भिडियोहरु मनोनयनमा परेको छ भने आर बि खड्काको म्यूजिक एल्बम ‘तिम्रो तस्विर’ ले टप ५ ‘बेस्ट म्यूजिक एल्बम अफ दि ईयर’ नोमिनेसन जितेकोछ ।

दुई दर्जनभन्दा बढी म्यूजिक भिडियोहरुमा मोडल र ४ वटा नेपाली चलचित्रहरुमा नायकको भूमिकामा खेली सकेका चर्चित नायक, मोडेल एवं निर्देशक बिक्की (खडग) पुलामी मगरको न्यू योर्कमा सन् २०१७ मा निर्माण गरी रिलिज भएका दुई वटा म्यूजिक भिडियोहरु ओएस नेपालले काठ्माण्डुमा आयोजना गरेको पहिलो ओएस नेपाल म्यूजिक अवार्ड-२०१७ को मनोनयनमा परेको हो । उक्त म्यूजिक अवार्डमा विश्व भरका सात सय म्यूजिक भिडियोहरु मध्येबाट ४३ क्याटेगोरीमा २१५ म्यूजिक भिडियोहरु मनोनयनमा परेको कुरा ओएस नेपाल म्यूजिक अवार्डका संयोजक बिबेक कार्कीले जानकारी गराए ।

अमेरिकाबाट मनोनितहरुमा नायक/निर्देशक बिक्की पुलामीका दुई वटा म्यूजिक भिडियोहरु ‘नसोच तिमी’ (बेस्ट पप गीत मोडेल पुरुषतर्फ) र ‘ भुलेउ कि भुलेकी छैनौं’ (बेस्ट म्यूजिक भिडियो डाईरेक्सन पप गीत), न्यू योर्कमा चर्चित लोकगायक दम्पत्ती बिमल डाँगी र सारीता डाँगीको ‘भैइयो परदेशी’ (बेस्ट भोकल लोक दोहोरी महिलातर्फ) र ‘टुहुरो’ (बेस्ट भोकल लोक दोहोरी पुरुषतर्फ); बाबू बोगटीको ‘मर्छु सजिलै’ (बेस्ट आधुनिक गीत मोडेल पुरुषतर्फ), ‘बज्दैन मुर्चुङ्गा’ (बेस्ट आधुनिक गीत र बेस्ट म्यूजिक आधुनिक गीत); किरण गजमेरको ‘मर्छु सजिलै’ (बेस्ट आधुनिक गीत गायक पुरुषतर्फ र बेस्ट आधुनिक गीत संगित); गोपी दाहालको ‘बस घर मेरी माया’ (बेस्ट गीतकार आधुनिक गीततर्फ) र ‘सरर मिनी बस’ (बेस्ट पप गीत नयाँ); अमिर देउलाको ‘सुन माया’ (बेस्ट पप गीत पुरुषतर्फ र बेस्ट म्यूजिक पप गीततर्फ) र बेस्ट म्यूजिक एरेन्जर पप गीत (मेरो भविश्य) र आर बि खड्काको म्यूजिक एल्बम ‘तिम्रो तस्विर’ (बेस्ट म्यूजिक एल्बम अफ दि ईयर) छन् ।

प्रतिक्रिया