शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं १७:५७
वासिङटन डिसी 08:12

एनआरएन मेरिल्याण्ड शाखाका अध्यक्ष जेदु पोखरेल ले आखिर किन आफूले गरेको कामको विवरण सार्बजनिक गरे ?

इनेप्लिज २०७४ जेठ ६ गते ३:३४ मा प्रकाशित

एनआरएन मेरिल्याण्ड शाखाका अध्यक्ष जेदु पोखरेल गैर आवासीय नेपाली संघ अमेरिकाका लागि उपाध्यक्ष पदका प्रत्याशी हुन् l उनले सामाजिक संजाल मार्फत उपाध्यक्ष पदमा ईक्षा जाहेर गरि सकेका छन् l र उम्मेदवारी दिएका छन् l

उनको कामको मुल्यांकन मात्र गरिने हो भने उनि एनआरएन अमेरिकाका लागि अध्यक्ष पदका उम्मेदवार बन्न सक्ने योग्यता प्राप्त एनआरएन अभियानका एक सशक्त उम्मेदवार हुन् l उनले किन यसो गरेनन उनले जान्ने कुरा हो l तर त्यसो हुदैन ,राजनीतिमा जकडिएको एनआरएन चुनावमा राम्रो मान्छेको जमानत जफत हुन् सक्छ भने हाम्रो मान्छेले अत्यधिक मत ल्याई जित्ने पनि सक्ने हुन्छ l यो अमेरिकाको एनआरएन हो l

तथापी उनले आफ्ना कार्यकालमा बचन गरेका कुरा फत्ते गरेकोमा हर्षित छन् l सन्तोष भएको बुझिन्छ l गैर आवासीय नेपाली संघका कतिपय नेतृत्वहरु भाषणका मिठा खिर खुवाउन खप्पिस छन l पदाधिकारी पनि यतिकै उस्ताद छन् l तर अमेरिका भर कै सम्पूर्ण शाखाहरु मध्ये उदाहरनिय काम गर्दै चर्चा परिचर्चाको शिखरमा रहेको मेरिल्याण्ड शाखाको जति नै प्रशंसा गरे त्यतिकै कम हुन्छ l

जहाँ ईक्षा त्यहाँ उपाय भन्ने उखान जस्तै एनआरएन मेरिल्याण्ड शाखा उदाहरण बन्न सफल भएको छ l जग जाहेर छ l उनि अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि बाल्टिमोरमा भएको नगरभवन बैठकमा ३ वटा प्रमुख काम सम्पन्न गर्न पहल गर्ने प्रतिबद्धता जाहेर गरेको बताएका थिए l

उनको पहिलो मुद्धा मेरिल्याण्डमा बसोबास गर्ने नेपालीहरुको बास्तबिक जनसंख्याको तथ्याङक निकाल्न पहल गर्ने ,दोस्रो मेरिल्याण्ड सवारी साधन बिभाग मा नेपालि भाषालाई मान्यता दिलाउन पहल गर्ने र तेश्रो सामुदायिक भवन बनाउन पहल गर्ने बताएका थिए भनि सामाजिक संजालमा लेखेका छन् l तेस्रो को लागि पहल भै रहेको भन्दै अन्य कामहरु गरेको चर्चा गरेका छन् l

उनि भन्छन गभर्नर कार्यालय मार्फ़त युएसए सेन्सस बाट मेरिल्याण्डमा बस्ने नेपालीको संख्या १३ हज़ार रहेको आँकडा रहेको उल्लेख गरेका छन् भने मेरिल्याण्डमा सवारी साधनको परीक्षा दिदा मातृभाषा नेपालीमा नै दिन पाईने ब्यबस्था गराई सफल भएको उल्लेख गरेका छन् l

यसै गरि सामुदायिक भवनमा काम गरि रहेको बताउदै अस्थाई सुरक्षा दर्जा (टिपी एस ) सहुलिएतको लागी हस्ताक्षर संकलन अभियान गरेको उल्लेख गरेका छन् l यसै गरि अस्थाई सुरक्षा दर्जा (टिपीएस )को बारेमा जानकारी तथा सुविधा प्राप्त गर्नेको लागि योग्यता सम्बन्धी निःशुल्क कानुनबिदको ब्यबस्था समेत गरेको दाबि गरेका छन् l

अस्थाई सुरक्षा दर्जा (टिपीएस ) स्वीकृत भए लगत्तै जानकारी मुलका तालिम जस्तै गरि चाजो मिलाएको बताएका छन् भने एनआरएन एनसीसी युएसए ओ पहिलो कार्यसमितिको ऐतिहासिक बैठक तथा बृहत नगरभवन बैठकको आयोजना गरेको सामाजिक संजालमा लेखेका छन् l

प्रतिक्रिया