आइतबार, साउन १० २०७८
काठमाडौं ०४:२२
वासिङटन डिसी 18:37

ओहायोमा अनुहार किताव बाट प्रतक्ष्य प्रसारण गर्दै बृद्धको हत्या,हत्याराको खोजि जारी

इनेप्लिज २०७४ वैशाख ४ गते ०:३६ मा प्रकाशित

अमेरिकाको ओहायो राज्यको क्लेव ल्याण्डमा एक संदिग्ध अपराधीले सामाजिक संजालको मुहार पुस्तिका बाट प्रतक्ष्य प्रसारण गर्दै एक बृद्ध मानिसको हत्या गरेको समाचार छ l हत्यारालाई प्रहरीले व्यापक खोजि गरि रहेको जनाएको छ l उनले प्रत्यक्ष प्रसारणमा बृद्ध व्यक्तिलाई कति बर्षका हौ तिमि हानी सोधेको र टाउकोमा गोलि ताकेको समेत सार्वजनिक गरिएको र अहिले त्यो प्रहरी द्वारा हटाइएको छ l

आज अप्रिल १६ तारिख दिउसै उक्त हत्या भएको प्रहरीले जनाएको छ l संदिग्ध हत्यारा स्टेवी स्टेफेंस भएको पुष्टि भएको छ l उनको हुलिया ६ फुट १ इन्च उचाई तथा २ सय ४४ पाउण्ड रहेको तालुचिन्ड़े दारी सहित भएको पहिचान भएको छ l

उनले गाढा निलो तथा खैरो धर्के पोलो गन्जी लगाएको प्रहरीले तस्बिर सार्बजनिक गरेको छ l र हत्याराले फोर्ड फ्युजन गाडी चलाएको प्रहरीले जनाएको छ l

प्रहरीका अनुसार ७४ बर्षिय बृद्ध व्यक्ति रोबर्ट गुड विन भएको र पहिचान गरिएको जनाएको छ l हत्यारा स्टेफेन्सले कैयौ हत्या गरेको दाबी गरेको प्रहरीले जनाएको छ भने अहिले सम्म यस्तो प्रकारको हत्याको खबर न पाईएको बताएका छन् l

अहिले सांझमा बसेको प्रहरी पत्रकार भेटघाटमा उनलाई देख्ने बित्तिकै प्रहरीलाई खबर गर्न समुदायलाई आग्रह गर्दै सावधान अपनाउन अनुरोध समेत गरेको छ l स्टेफेन्स हातहतियार सहित डरलाग्दो भएको प्रहरीले जनाएको एपी समाचारले लेखेको छ l

फेसबुक (अनुहार किताव )का प्रवक्ताले यो घटना एक भयङ्कर अपराध हो भन्दै हामी यस्ता लाई राखन दिदैनौ भनि छापा बिज्ञप्ति निकालेका छन्
I

प्रतिक्रिया