शनिबार, असार ५ २०७८
काठमाडौं १४:४३
वासिङटन डिसी 04:58

क्यालिफोर्नियाको सन्नीभेलमा एनआरएनको टाउनहल मीटिंग ।

इनेप्लिज २०७३ मंसिर २० गते १२:१८ मा प्रकाशित

nrna1

गैह्र-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष भवन भट्ट आगामी हप्ता सान फ्रान्सिस्को बे एरियाको भ्रमणमा आउनुहुने भएकोले सोही दिनलाई मध्य नज़र गरि डिसेम्वर ८ का दिन टाउनहल मीटिंगको आयोजना गरिएको छ ।

एनआरएनए अमेरिकाले यसरी टाउनहल मीटिंग गरि एनआरएनको सदस्यता वितरण गर्न अमेरिकाको चारवटै क्षेत्रका क्षेत्रीय उपाध्यक्षहरूलाई जीम्मा लगाए वमोजिम क्यालिफोर्निया स्थित सन्नीभेलमा पनि गर्न लागिएको हो । आउदै गरेको एनआरएनएको चुनावलाई मध्य नज़र राखी निस्पक्ष सदस्यता वितरण गर्नुपर्ने कुरालाई आत्मसात गरि एनआरएनए अमेरिकाले टाउनहल मीटिंगको प्रावधान गरेको हो ।

त्यसैले सो दिन क्यालिफोर्नियाबासी गैह्र-आवासीय नेपाली दाजु-भाई, दिदी-बहिनी, संचारकर्मी प्रतिनिधि एवं विभिन्न नेपाली संघ संस्थाका अध्यक्षज्यूहरूलाई उक्त अन्तरक्रिया तथा एनआरएन अमेरिकाको सदस्यता वितरण टाउनहल मीटिंगको कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा वढाई सदस्यता समेत लिनहुन एनआरएनए अनुरोध गर्दछ ।

त्यसैले सन्नीभेल, क्यालिफोर्नियामा डिसेम्वर ८, २०१६ बेलुकी ५:३० बजे टाउनहल मीटिंग आयोजना गरिने भएकाले उक्त कार्यक्रममा यहाहरूको गरिमामय उपस्थितिको साथै आफन्त, छरछिमेकमा समेत जानकारी गरी यो समाचार समेत शेयर गर्नका लागि सादर अनुरोध गर्दछाै ।

कार्यक्रमस्थल: 
Vara Restaurant 
250 E Java Dr , Sunnyvale , CA 94089 
कार्यक्रम मिति: December 08 , 2016 
समय:बेलुकी ५:३० बजे 

बिनित: NRN NCC USA and California Chapter family

—सर्बज्ञ वाग्ले
मिडिया कोअर्डिनेटर
एनआरएन अमेरिका

प्रतिक्रिया