शनिबार, असार ५ २०७८
काठमाडौं १५:४६
वासिङटन डिसी 06:01

हिन्दीलाई राष्ट्रिय भाषा बनाउने योजना छैनः गृहमन्त्री निधि

इनेप्लिज २०७३ मंसिर ४ गते १३:०१ मा प्रकाशित

bimanegdraकाठमाडौँ, ४ मङ्सिर । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने सरकारको कुनै योजना नरहेको स्पष्ट पार्नुभएको छ ।

नेपाल औषधि व्यवसायी सङ्घको केन्द्रीय साधारणसभाको आज यहाँ उद्घाटन गर्दैै मन्त्री निधिले संविधान संशोधनको मुद्दालाई बिथोल्न हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन सरकार लागिपरेको भनेर भ्रम सिर्जना गर्न खोजिएको बताउनुभयो ।

संविधान संशोधनको गृहकार्य भइरहेका बेला गृहमन्त्री निधिले अङ्गिकृत नागरिकलाई राज्यको उच्च तहमा पु¥याउने गरी संविधानको संशोधन नगरिने स्पष्ट पार्नुभयो । विसं २०७४ माघ ७ भित्र तीनै तहको निर्वाचन हुन नसके संविधान नै धरापमा पर्ने बताउँदै मन्त्री निधिले वर्तमान सरकारको ध्यान सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गरी निर्वाचनको वातावरण बनाउनु रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा मन्त्री निधिले औषधि व्यवसाय जीवनसँग सरोकार राख्ने व्यवसाय भएकाले व्यवसायीलाई पेसागतरुपमा इमान्दार हुन आग्रह गर्दै सङ्घीय संरचनाअनुसार लागु औषध नियन्त्रणलगायतका औषधिसम्बन्धी विद्यमान कानुनमा परिमार्जन गरिने जानकारी गराउनुभयो ।

लागु औषध सेवनका कारण युवा पुस्ता बिग्रन लागेकोमा चिन्ता व्यक्त गर्दै उहाँले त्यसतर्फ व्यवसायीले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल र नेपाल औषधि व्यवसायी सङघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले स्वास्थ्यमा ग्रामिण जनताको पहुँच पु¥याउने सरकारी नीतिलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्तगर्नुभयो ।

कार्यक्रममा कान्तिपुर दैनिकका प्रमुख संवाददाता अतुल मिश्रलाई सम्मान गरिएको थियो । भूकम्प र नाकाबन्दीका बेला सञ्चारमाध्यममार्फत स्वास्थ्य तथा स्वास्थ्यसँग सम्बन्धित समस्यालाई उजागर गरेको भन्दै मिश्रलाई ताम्रपत्र र रु १० हजार राशिसहित सम्मान गरिएको हो ।

प्रतिक्रिया