शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १६:२०
वासिङटन डिसी 05:35

तीन दल मिल्नुको विकल्प छैनः मन्त्री भण्डारी

इनेप्लिज २०७३ असोज २९ गते ९:५३ मा प्रकाशित

sankar-bhaभक्तपुर, २९ असोज । वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले ठूला तीन दल मिलेर सहमति र सहकार्यका साथ अगाडि नबढे देश गम्भीर सङ्कटमा पर्ने बताउनुभएको छ ।

शुभकामना बचत तथा ऋण सहकारी संस्थाको १६ आँै वार्षिक साधारण सभा एवम् संयुक्त क्षेत्रीय भेलामा उहाँले संविधान कार्यान्वयनमा तीन दल मिलेर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभएको हो ।

“संविधान जारी गर्ने मुख्य ठूला तीन दलबीच सहमति र सहकार्य गर्दै अगाडि नबढे संविधान कार्यान्वयन हुनसक्दैन”–उहाँले भन्नुभयो–“राजनीतिक दलका नेताले आप्mनो स्वार्थ त्यागेर मुख्य तीन दल मिलेर सहकार्य र सहमतिका साथ अगाडि बढ्नुपर्छ, अन्यथा जनआन्दोलनबाट पाएको सबै उपलब्धि गुमेर देशको दुर्गति हुन्छ ।”

मन्त्री भण्डारीले विदेशी षड्यन्त्र र दलका नेताको कमी कमजोरीका कारण देश सङ्कटमा परेको बताउँदै मधेसवादी दललाई सहमतिमा ल्याउन सरकारले गरेको प्रयास सफल पार्न एमालेको सहयोग आवश्यक रहेको छ भन्नुभयो ।

मधेसवादी दलको मागलाई सम्बोधन गर्न काँग्रेस, एमाले र (माओवादी केन्द्र) तीनै दल मिलेर संविधान संशोधन गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो–“यो संविधान संशोधनको दस्तावेज हो, यसलाई संशोधन गर्दै लैजानुपर्छ, राष्ट्रियता र देशको अखण्डतालाई आँच नआउने गरी संविधान संशोधन गर्नुपर्छ, यसमा एमालेको सहयोग चाहिन्छ ।”

मन्त्री भण्डारीले २०७४ माघ ७ गतेसम्म मात्र वर्तमान सरकारको वैधानिकता रहेको चर्चा गर्दै त्यो मितिसम्म तीनवटै निर्वाचन गर्ने जिम्मेवारी सरकारले पूरा गर्न नसके देश सङ्कटमा पर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा संस्थामा आवद्ध ज्येष्ठ नागरिक, एसएलसी र ‘प्लस टु’ उतीर्ण विद्यार्थीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया