बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं ०५:४३
वासिङटन डिसी 19:58

बेलायतमा भिसि कपको उपाधी पुन एफसी केन्टको हातमा

इनेप्लिज २०७३ जेठ ३१ गते ०:०७ मा प्रकाशित
97961129-316f-4ca3-982d-2783a9805753
लण्डन , जेष्ठ ३०,२०७३ । बेलायतको फेल्थाम कम्युनिटिको रंगशालामा भिसिकप (भिक्टोरीया क्रस) २०१६ को उपाधि केन्ट एफसीले हात पारेको छ । फेल्थाम परिसरको खेलमैदानमा विहान ९ बजेबाट सुरुवात गरिएको खेलमा भेटरेन (३८ वर्ष माथिका) तर्फबाट ६ समुह विच प्रतिस्पर्धा भएको थियो । उक्त लिग खेलको फाईनल खेलमा ईलाम एफसी र केन्ट यफसीले प्रतिष्सपर्धा गरेका थिए ।
३० मिनेट लामो समय रहेको सो फाईनल खेलमा एफसी केन्टले ईलाम एफसीलाई ३-0 बिरुद्धले पराजित गर्दै भिसी कपको उपाधी हात पारेको हो । प्रतियोगिताको सर्वाधिक उत्कृष्ट खेलाडी केन्ट यफसी भेटरेनका छबी चोङ्बाङ म्यान अफ दि म्याच र सर्वाधिक बढि गोल गदै सोहि क्लवका लोक प्रसाद चेम्जोङ घोषित भएका छन् ।
केन्ट यफसीले स्थापना काल देखिनै बेलायतमा हुने भेटेरन तर्फका कपहरु हात पारी रहेका छन, बेलायतमा हरेक बर्ष हुने चर्चित फुटबलखेल अन्तर्गत १४औ  गोर्खा कप प्रतियोगिताको उपाधी पनि जितेका थिए । विभिन्न कारणले उपस्थित हुने नसकेका केन्ट यफसीका खेलाडिहरु नेत्र राई, दिनेश लिम्बु, बेद सुनुवार लगायतले सामाजिक संन्जाल मार्फत वधाई तथा शुभकामना दिईएको केन्ट यफसीका प्रबन्धक लोक चेम्जोङले बताए ।
पुरस्कार वितरण पश्चात ग्रुप फोटो खिचे पछि अरु खेलहरुझै क्लबका म्यानेजर बुद्घि सुनुवार, टिम क्याप्टेन पदम योङ्याङ, टिम कोच लोक प्रसाद चेम्जोङ र सचिव छबी चोङ्बाङले टिमलाई वधाई दिदै यस खेलमा सन्तोश गुरुङ र गुप्तराज चेम्जोङले अरुको नजरमा उत्कृष्ट खेल प्रस्तुत गरेकामा प्रोत्साहन दिएका थिए ।
केन्ट एफसीले भेटरेन तर्फको भिसि कपको उपाधि जितेको प्रमुख खेलमा तोङ्बा यफसीलाई पराजित गर्दै रिडिङ् क्लबले भिसी २०१६ को उपाधि सहित  नगद नेपाली रुपैयाँ १ लाख ५५ हजार र केन्ट यफसीले नगद १ लाख १० हजार रुपैयाँ सहित शिल्ड तथा मेडल हात पारेका छन् ।

प्रतिक्रिया