मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०२:०८
वासिङटन डिसी 16:23

आयुष र निक्कि डिसीमा

इनेप्लिज २०७३ जेठ १३ गते १२:५२ मा प्रकाशित

image1अमेरिकाकै पुरानो मध्येको एक नेपाली संस्था अमेरिका नेपाल सोसाइटी (ANS) ले आयोजना गरेको हेरिटेज नेपालभेस्टिवलका लागी आफ्नो धमकेदार प्रस्तुति लिएर युवा कलाकारहरू आयुष रिमाल र निक्कि कार्कि वासिड्टन डिसीआई पुगेका छन!

यो महोत्सवमा नेपाली खाना,संगीत र नेपाली पहिचान झल्काउने सामाग्रीहरु राखिनेछ | अमेरिकाले हरेक वर्षको मेमहिनालाई एसियन,प्यासिफिक अमेरिकन हेरिटेज महिनाको रुपमा मनाउने गर्दछ |

ANS ले मे २८ तारिख शनिवार साँझ नेपाली भाषा, कला र सस्कृतीको संरक्षण र सम्बर्दन गर्दै युवा सन्ततीहरुलाई एकैथलोमा आबद्द गरी सॉस्कृतिक कार्यक्रमको आयोजना गरेको हो! प्राय नेपाली भाषीहरूले आयोजना गर्ने कार्यक्रमहरूमादोश्रो पुस्ताका युवाहरूको सहभागीता नदेखिएकोले यस पटक भने उनीहरू कै व्यापक सहभागीतामा हेरिटेज नेपालउत्सव मनाई स्थानीय प्रतिभाशाली युवाहरूलाई प्रोत्साहन गर्ने थालनी भएकोमा युवा वर्ग अत्यन्त उत्साहि भएकाछन!

अमेरिकामा यसरी नेपाली भाषी संस्थाहरूले युवाहरूलाई प्रतक्ष्य सहभागी गराई आयोजना गरीएको यस हेरिटेज नेपालउत्सव कार्यक्रम नै अमेरिकाको पहिलो भएको ठानीएको छ!

आयोजकका अनुसार्, यस कार्यक्रमका लागी बिभिन्न राज्यहरु बाट समेत उल्लेखनीय युवाहरु आउने जानकारी प्राप्तभएकोले कार्यक्रमका लागी साँझ ४:३० बजे नै हेरन्डन हाईस्कुलमा आईपुग्न सम्पुर्ण स्थानीय वासिन्दाहरु लाई अनुरोधगरेको छ ।

फोटो सौजन्य- आयुष रिमाल

प्रतिक्रिया