बुधबार, कार्तिक १२ २०७७
काठमाडौं १०:४६
वासिङटन डिसी 01:01

काठमाडौंका लागि चीनको लन्जोउबाट छुट्यो रेल

इनेप्लिज २०७३ वैशाख ३० गते १४:३२ मा प्रकाशित

China-Rail

काठमाडौं, ३० वैशाख । चीनले नेपालका लागि अन्तर्राष्ट्रिय रेल सेवा सुरु गरेको घोषणा गरेको छ ।
बुधबार दिउँसो उत्तरपश्चिम चीनको गान्सु प्रान्तको राजधानी लान्जोउबाट लान्जोउ–सिगात्से–काठमाडौं यात्रा गर्ने रेल पठाउँदै चीनले नेपालका लागि अन्तर्राष्ट्रिय रेल सेवाको औपचारिक रुपमै सुरुआत गरेको हो ।
यो रेलले नेपालका लागि चीनबाट आउने सामाग्री बोकेर ल्याउनेछ । यसअघि चीनबाट आउने सामग्री भारत भएर आउथे । अब ती साम्रगीहरु ३५ दिन अगाडि नै चीनबाट सिधै नेपाल आउनेछन् ।
चीनको चर्चित पत्रिका पिपुल डेली चाइनाका अनुसार तत्काल उक्त रेल लान्जोउबाट सिगात्सेसम्म आउनेछ । त्यहाँबाट स्थलमार्ग (सडक) भएर रेलले ल्याएका सामग्रीहरु काठमाडौं ल्याइने छ ।
हालै सम्पन्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालले चीनसँग पारवाहन सम्झौता गरेको थियो । सोही सम्झौतामा टेकेर चीनले नेपालका लागि रेल पठाइदिएको हो ।
अब नेपाल र चीनबीच रेलसम्बन्धि आधिकारिक सम्झौता भई सिगात्सेदेखि केरुङ हुँदै काठमाडौंसम्मको रेलमार्ग निर्माण भए चीनले पठाएका रेल सिधै काठमाडौंसम्म आउनेछन् ।
चीनको लन्जोउबाट हिडेको रेल कम्तीमा तीन दिनमा नेपाल आइपुग्ने प्रारम्भिक अनुमान छ । तर, अहिले यो रेल तिब्बतको सिगात्सेसम्म आउनेछ । त्यहाँबाट ट्रकबाट सामानहरु काठमाडौं ल्याइनेछ ।
चाइना रेल्वे कन्टेनर कर्पाेरेशनका डेपुटी जनरलले अहिले यो रेलले सामग्रीहरु मात्रै बोक्ने जानकारी दिएका छन् । उनले भने– ‘यो परीक्षणकाल हो । अहिले हामी सामानहरु मात्रै बोक्छौं । यात्रु बोक्ने प्रक्रिया पुरा हुन केही समय लाग्छ ।’
डेपुटी जनरलका अनुसार लन्जोउबाट हिडेको उक्त रेलले सिगात्सेसम्म पुग्न २४३१ किलोमिटर गुड्नुपर्छ । त्यहाँ पुगेर यो रेलले नेपालका लागि पठाइएका समान झार्नेछ । त्यहाँबाट सडक मार्गमार्फत ५६४ किलोमिटरको यात्रा पुरा गरेर उक्त सामग्रीलाई जिलोङ पोर्ट (केरुङ)सम्म ल्याइनेछ । त्यहाँबाट नेपाली कन्टेनरले १६० किलोमिटर पार गरेर काठमाडौं ल्याउनेछन् ।
यो रेल सेवाबाट सामुद्रीक बाटो हुँदै भारत भएर नेपाल आउने चिनियाँ सामग्री करिब ३५ दिन अगाडि नै नेपाल पुग्ने विश्वास गरिएको छ । अर्थात अब १० दिनमै चीनबाट सामानहरु नेपाल आइपुग्नेछन् ।
यो रेलले ४३ वटा कार र ८६ वटा कार्गाे कन्टेनरमा सामग्री बोक्छ । कन्टेनरले दैनिक उपभोग्य, हार्डवेयर, प्रविधि लगायत विभिन्न सागम्री बोक्ने चाइना रेल्वे कन्टेनर कर्पाेरेशनले जनाएको छ ।
उसका अनुसार चीनको लन्जोउबाट झण्डै तीन हजार किलोमिटर यात्रा गरेपछि यो रेल नेपाल आइपुग्नेछ ।

प्रतिक्रिया