शनिबार, असोज ३० २०७८
काठमाडौं ०७:५१
वासिङटन डिसी 22:06

‘भाग्यले बाँचेकाहरु’ ले जित्यो बेलायतमा पनि उत्कृष्ट अवार्ड

इनेप्लिज २०७३ वैशाख ४ गते १३:०७ मा प्रकाशित

Marriage-gorkha-768x517

काठमाडौँ, ४ बैशाख । अन्तर्राष्ट्रिय अवार्डहरु लगातार जित्ने क्रममा बहुचर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ले बेलायतमा पनि उत्कृष्ट अवार्ड जितेको छ ।
बेलायतको स्कटल्याण्डमा पहिलो ‘एडिनबरा नेपाली चलचित्र महोत्सव’मा भाग्यले बाँचेकाहरुले उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको हो । नेपाल–बेलायत सम्बन्ध स्थापना भएको २ सय बर्ष पुगेको अवसरमा स्कटल्याण्डका नागरिकहरुद्वारा पहिलोपटक आयोजित चलचित्र महोत्सवमा नेपालका तर्फबाट अन्य वृत्तचित्र पनि प्रतिस्पर्धामा थिए । जसमा ‘भाग्यले बाँचेकाहरु’ले उत्कृष्ट वृत्तचित्रको ट्रफी उचाल्यो भने सबिन बास्तोला निर्देशित ‘सुनपानी’ले ‘उत्कृष्ट फिचर फिल्म’, कमल भट्ट निर्देशित ‘चोख्यानी’ले ‘उत्कृष्ट सर्ट मुभि अवार्ड’ जितेको चलचित्र महोत्सवकी निर्देशक सुसन फरोगीले बताइन् ।
एकपछि अर्को अन्तर्राष्ट्रिय अवार्ड जित्दा निकै खुसी मिलेको ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेले बताए । काठमाडौँमा सम्पन्न काठमाडौँ पर्वतारोहण अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) मा ‘भाग्यले बाँचेकाहरु’ले नेपाल पानोरोमामा उत्कृष्ट डकुमेन्ट्री अवार्ड र पब्लिक च्वाइस अवार्ड गरी एकसाथ दुईवटा अवार्ड जितेको भाग्यले बाँचेकाहरुले भारतको राजधानी नयाँदिल्लीमा भएको तेस्रो नोइडा अन्तर्राष्ट्रिय फिल्म महोत्सव र मुम्बई नजिक नाशिक शहरमा भाएको नाशिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि उत्कृष्ट अवार्ड जितिसकेको छ ।
बितेको तीन महिनामा ३२ वटा भन्दा बढी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘भाग्यले बाँचेकाहरु’ प्रतिस्पर्धाका लागि छनौट भइसकेको छ । नेपालको विनाशकारी भूकम्पमा पर्दा समेत मृत्युलाई जित्न सफल केही नेपालीहरुको प्रतिनिधिमुलक घटनालाई समेटेर तयार पारिएको ‘भाग्यले बाँचेकाहरु’को अन्तर्राष्ट्रिय संस्करण ४५ मिनेटको छ ।

प्रतिक्रिया