‘इन्टर-क्लब युथ क्रिकेट’को उपाधि हिमालयनलाई
काठमाडौँ, ६ माघ । ‘प्लान लिची ड्रिङ्क्स फस्ट इन्टर–क्लब युथ क्रिकेट च्याम्पियनसिप २०७२’को उपाधि हिमालयन क्रिकेट एकेडेमीले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा हिमालयनले त्रिभुवन आर्मी क्लबलाई ४० रनले पराजित गर्दै उपाधि जितेको हो । टस हारेर ब्याटिङ गरेको हिमालयनले निर्धारित २० ओभरमा पूरै ओभर खेल्दै ७ विकेटको क्षतिमा १४० रनको चुनौती पेस गरेको थियो । जवाफी ब्याटिङमा आएको आर्मीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै १०० रन मात्र बनाउन सक्यो । उपाधि विजेता हिमालयनले ट्रफी, पदक र प्रमाणपत्रसहित रु एक लाख एक हजार १११ हात पार्दा उपविजेता आर्मीले रु ५० हजारमा चित्त बुझायो । ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित आर्मीका शरद भेषवाकरले रु १० हजार प्राप्त गरे । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान भएका हिमालयनका भूपेन्द्र थापा र उत्कृष्ट बलर घोषित भुवन कार्कीले समान रु सात हजार ५०० हात पारे । त्यसैगरी, ‘इमर्जिङ प्लेयर’ भएका अनुप श्रेष्ठ र उत्कृष्ट फिल्डर अमर ऐरीले ट्रफी र प्रमाणपत्र पाए । विजेता टोली तथा खेलाडीलाई सूचना तथा सञ्चारमन्त्री शेरधन राईले पुरस्कार वितरण गर्नुभएको थियो । रासस
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
रिपब्लिकनका रोम्निले ट्रम्पलाई सत्यता र न्यायको लागि महाअभियोग परीक्षण हुनु पर्नेमा जोड
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ३० हजार संक्रमित,१७६९ जनाको मृत्यु
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
प्रतिक्रिया