शनिबार, मंसिर १३ २०७७
काठमाडौं १५:४३
वासिङटन डिसी 04:58

दसैँ टीकाको साइत बिहीबार बिहान १०ः५५ बजे

इनेप्लिज २०७२ कार्तिक २ गते १०:५२ मा प्रकाशित

Dashain-Tika-650x325काठमाडौं, २ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यही कात्तिक ५ गते बिहीबार विजयादशमीका अवसरमा बिहान १०ः५५ बजे टीकाका लागि साइत उपयुक्त भएको ठहर गरेको छ । सामान्यतः टीकाको साइत आवश्यक नपर्ने तर साइत जुराउन चाहनेका लागि सो साइत उपयुक्त भएको जनाएको हो । तिथि घटबढका कारण सोही दिन महानवमी पनि परेकाले महानवमीको कार्य सम्पन्न भएपछि मात्र विजयादशमीको कार्य प्रारम्भ गर्ने र बिहान १०ः४५ बजे देखि बिसर्जन गर्न उपयुक्त हुने सो समितिले सरकारलाई उपलब्ध गराएको पत्रमा उल्लेख छ । विजयदशमीमका दिन बिहान ११ः०१ बजे तुलजा भवानीको यात्रा र ११ः५५ बजे स्थिराशनपछि खड्गयात्राका लागि उपयुक्त हुने उल्लेख छ । भोलि ३ गते फूलपातीका दिन बिहान १०ः५५ बजे तुलजा भवानी यात्रा गरी ११ः५३ बजे स्थिराशन गर्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया