मंगलबार, मंसिर १६ २०७७
काठमाडौं २०:१२
वासिङटन डिसी 09:27

अमेरिकामा शुक्रबारबाट नासा र आन्माको सम्मेलन

इनेप्लिज २०७२ भदौ १८ गते १४:३१ मा प्रकाशित

New-JC-Logo-150-X-150-e1435430800525
नर्थ क्यारोलिना । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलिना राज्यमा यही सेप्टेम्बर ४ तारिख शुक्रबारदेखि नेपालीहरूका दुई बृहद संगठनको संयुक्त सम्मेलन सुरु हुँदैछ । सम्मेलनका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

unnamed
अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूका प्रतिनिधिमूलक र सशक्त संगठन नेप्लिज एशोसियसन अफ साउथ इष्ट अमेरिका (नासा) र मध्य पश्चिमी राज्यहरूमा बस्ने नेपालीहरूको बृहद र छाता संगठन एशोसियसन अफ नेप्लिज इन मिडिल वेष्ट अमेरिका (एन्मा) को संयुक्त एघारौं सम्मेलन यही सेप्टेम्बर ४ शुक्रबारदेखि ६ तारिख आइतबारसम्म नर्थ क्यारोलिना राज्यको ग्रिन्सबोरो र
हाइप्वाइन्ट सहरको होटल एम्बेसी स्विटमा भब्य रूपमा हुँदैछ । सम्मेलनबारे जानकारी दिन सम्मेलनस्थल हाइप्वाइन्टमा बिहीबार भएको पत्रकार सम्मेलनमा सम्मेलन आयोजक मूल समारोह समितिले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । करिव १५ वटा राज्यमा बस्ने नेपालीहरू सहभागी हुने सम्मेलनमा प्रतिनिधिहरू आउने क्रम सुरु भइसकेको छ । सम्मेलनमा सहभागी हुन आउने
सम्पूर्ण पाहुना, पत्रकार तथा सदस्यहरूको सहजताका लागि बेग्लाबेग्लै दर्ता तथा स्वागत कार्यक्रम तय गरिएको छ ।
विगत लामो समयदेखि हरेक वर्ष हुँदै आएको यो सम्मेलन यस पटक नेपालको भूकम्पपीडित क्षेत्रमा पुनर्निर्माणमा सहयोग संकलनको मुख्य उद्धेश्यका साथ हुन लागेको मूल आयोजक समितिले जनाएको छ । सम्मेलनमा विभिन्न प्रतियोगितात्मक खेलकुदका साथै फेसन, सांस्कृतिक प्रस्तुती, कन्सर्ट, स्वास्थ्य, शिक्षा, साहित्यलगायत नेपालसम्बन्धी विशेष कार्यक्रमहरू हुने भएका छन् । बालशिक्षा तथा
खेलकुद, युवा, महिला, कानुनी, समाज तथा कल्याण, सञ्चारलगायतका विषय र क्षेत्रका लागि यो सम्मेलन उपयोगी हुने बताइएको छ । कार्यक्रममा मूल आयोजक समितिका संयोजक माधब ढकाल , आयोजक संस्थाका टि.यन.सी.सी .का सभापति नारायण खड्का , पुर्व सभापति बशन्त खड्का ,सांगीतिक संयोजक बिशाल भारती, संस्कृतिक समितिका संयोजक प्रदिप कृष् घिमिरे , अर्थ समितिका संयोजक रामजी कोइराला ,सूचना तथा जन
सम्पर्क समिति संयोजक शिव बिष्ट, युवा समितिका संयोजक बिभोर रिमाल लगाएतका व्यक्ति हरुको उपस्थिति थियो /
अमेरिकामा रहेका नेपालीहरूका विभिन्न संगठनहरूमध्ये नासा र आन्माको संयुक्त सम्मेलनलाई निकै पृथक र ब्यवस्थित मानिँदै आएको छ । निकै ब्यवस्थित, प्रभावकारी र विवादरहित रूपमा हुँदै आएको नासा र आन्माको संयुक्त सम्मेलन यस वर्ष पनि ऐतिहासकि हुने आयोजकको दाबी छ ।
यसअघि नासा र आन्माको छैठौं सम्मेलन सन् २०१० मा केन्टकीमा, सातौं सम्मेलन सन् २०११ मा जर्जियामा, आठौं सम्मेलन सन् २०१२ मा इन्डियानामा, नवौं सम्मेलन सन् २०१३ मा साउथ क्यारोलिनामा र दसौं सम्मेलन २०१४ मा कोलोराडोमा सम्पन्न भएको थियो ।

कलाकारहरू आइपुगे
यसैबीच सम्मेलनमा नेपालका ख्यातिप्राप्त र चर्चित कलाकारहरूको उपस्थितिमा विशेष सांगीतिक सन्ध्या हुने भएको छ । सम्मेलनमा सांस्कृतिक प्रस्तुतीका लागि नेपालबाट चर्चित कलाकारहरू सम्मेलनस्थलमा आइसकेका छन् ।चर्चित संगीतकार एबम गाएक शम्भुजित बास्कोटा , चर्चित संगीतकार एबम गाएक न्युह बज्राचार्य ,गाएकहरु सत्यराआचार्य ,स्वरुपराज आचार्य , चर्चित गायक रामकृष्ण ढकाल,अरुण कार्की ,चर्चित गायिका आस्था राउत, साथै नायिका केकी अधिकारी का साथै विभिन्न राज्यहरूबाट आएका सहभागीहरूले पनि नेपाली कला र संस्कृतिसम्बन्धी प्रस्तुती गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी यस पटकको सम्मेलनमा युगल जोडीलाई प्रस्तुत गरिनेछ । भलिबल तथा सकर प्रतियोगितामा विजयी हुने टोलीलाई ‘नासा–एन्मा चरिनङ्ग गोल्ड कप प्रदान गरिनेछ ।

प्रतिक्रिया