शुक्रबार, असार ४ २०७८
काठमाडौं १८:४२
वासिङटन डिसी 08:57

अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

इनेप्लिज २०७२ भदौ १ गते १४:४१ मा प्रकाशित

Rss_Images_1439895848403_RSS-Ktm-usa-delegates (2)काठमाडौँ, १ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले नेपाललाई मिलिनियम च्यालेन्ज कर्पोरेसनका कार्यक्रममा चयन गरेको र भूकम्पपछिको पुनःनिर्माणका लागि सहयोगको दह्रो प्रतिबद्धता जनाएकामा अमेरिकी सरकार र जनताप्रति आभार व्यक्त गर्नुभएको छ ।

संयुक्त राज्य अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभको हाउस डेमोक्रेसी पार्टनरसिपका सभापति भर्न बुचाननको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग आज बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटमा उहाँले नेपाल सङ्घीयता र गणतन्त्रसहितको समावेशी लोकतन्त्रलाई संस्थागत गर्ने प्रजातान्त्रिक संविधान निर्माणको अन्तिम चरणमा पुगेको उल्लेख गर्नुभयो ।

उहाँले लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शमा आधारित निर्माणाधीन संविधानमा व्यक्तिका मौलिक हक र मानवअधिकारको पूर्ण प्रत्याभूति हुने बताउनुभयो ।

प्रधानमन्त्री कोइरालाले नेपाल अब सङ्घीयतामा गएकाले यसका बारेमा कसैले शङ्का लिनुपर्ने अवस्था नरहेको बताउँदै नेपाली जनताले झन्डै एक शताब्दीको सङ्घर्षबाट हासिल गरेका उपलब्धि र अधिकारबाट अब कोही पनि पछाडि फर्कन नसक्ने स्पष्ट पार्नुभयो ।

उहाँले संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान जारी भएपछि नेपालमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम हुने भएकाले अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गरी नेपालको विकास प्रक्रियालाई साथ दिन आग्रह गर्नुभयो ।

उहाँले नेपालमा जलविद्युत्, कृषि, पर्यटन र जडिबुटीको प्रशोधनसहित पूर्वाधार निर्माणका क्षेत्रमा आन्तरिक र बाह्य लगानी आवश्यक भएको उल्लेख गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

अमेरिकाले नेपालको सामाजिक–आर्थिक विकास, कानुनी राज र मानवअधिकारकोप्रवद्र्धनका साथै लोकतान्त्रिक संस्थाको सबलीकरणमा निरन्तर पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्दै वैशाख १२ गते नेपालमा आएको भूकम्पपछि पीडितको उद्धार, राहत र अस्थायी पुनःस्थापना कार्यमा अमेरिकाले पुर्‍याएको सहयोगको सराहना गर्नुभयो ।

प्रतिक्रिया