तुइन तर्न एसएसबीले अवरोध पुर्‍याएपछि

इनेप्लिज २०७२ साउन २५ गते ११:५१ मा प्रकाशित

trishuli-800x450भीमदत्तनगर, २५ साउन । भारतीय सीमा सुरक्षा बल(एसएसबी) ले पश्चिमी सीमा महाकाली नदी वारपार गर्न राखिएका तुइनबाट नेपालीलाई आवागमनमा अवरोध पुर्‍याएको छ ।

दार्चुलाको सदरमुकाम उत्तरतर्फ पर्ने तीन/चार तुइन काटेर एसएसबीले नेपालीलाई आवागमनमा अवरोध पुर्‍याएको दार्चुलाका प्रजिअ प्रेमसिंह कुँवरले जानकारी दिनुभयो । लिपुलेकबारे माओवादीलगायत दल र तिनका भ्राृत सङ्गठनले भारत र चीनबीच भएको लिपुलेक सम्झौताको विरोध गर्नाका साथै अनेरास्ववियु(क्रान्तिकारी)को केन्द्रीय नेतृत्व दार्चुला आउने खबर पाएपछि भारतीय सुरक्षा निकायले सुरक्षा सतर्कतता बढाएको हो ।

“महाकालीमा रहेका तुइनहरूबाट सर्वसाधारणलाई आवतजावत गर्न रोक लगाएको भन्ने खबर आएको छ ।” कुँवरले भन्नुभयो, “जोलजिवी, सुनसेरालगायतका ठाउँका तुइन काटिएको छ ।”

सुरक्षा सर्तकता अपनाउँदै भारतीय सुरक्षा निकायले दार्चुलाको उत्तरीसीमा क्षेत्रमा आआफ्नो भूभागमा व्यापक प्रहरी÷सेना र एसएसबी परिचालन गरेको जनाइएको छ । “तुइनबाट पारि भारत गएर सवारी साधन चढी यता सदरमुकाम आउन छिटो हुनाका साथै गाडीको व्यवस्था छ ।” उहाँले भन्नुभयो, “स्थानीय नेपाली भूभाग भएर पैदल आउनुभन्दा भारत भएर आउन सजिलो मान्छन् ।”

महाकाली तटीय क्षेत्रसँग जोडिएका पिपलचौरी, हुती, धौलाकोट, सुन्सेरा, राप्ला र व्यासका उत्तरी गाविसका स्थानीयवासीलाई तुइन तरेर सदरमुकाम आवतजावत गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया