नहिच्किचाई सुझाव दिन सञ्चारमन्त्री रिजालको आग्रह
सुरुङ्गा (झापा), २ साउन । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले जनताले दिएको मतको कदर गर्दै सवैलाई प्रतिनिधित्व हुने गरी चिरकालसम्म रहिरहने संविधान जारी गर्ने बताउनुभएको छ ।
आज झापाको शनिअर्जुन नगरपालिका–७ कालिस्थानमा सेवा सुचारु हुन लागेको आधारभूत (ल्यान्डलाइन) टेलिफोन एक्सचेञ्जको उद्घाटन गर्दै उहाँले आम नागरिकको सुझाव सङ्कलनका लागि प्रस्तावित संविधानको मस्यौदाका विषयमा चित्त नबुझेको कुरा भए नहिच्किचाई राय सुझाव दिन सबैसँग आग्रहसमेत गर्नुभयो ।
नेपाल टेलिकम बिर्तामोड शाखाका प्रबन्ध निर्देशक बुद्धि आचार्यसँग टेलिफोन वार्ता गरेर सेवाको सुरुवात गर्नुभएका मन्त्री रिजालले मोबाइल सेवाभन्दा केही महँगो भएपनि अन्य सेवाका लागि भने तारजडित टेलिफोन आवश्यक भएको हुँदा सरकारको प्राथमिकतामा टेलिफोन सेवा रहेको बताउनुभयो ।
कार्यक्रममा सभासद्द्वय अमृतलाल राजवंशी र सरिता प्रसाईँलगायतले बोल्नुभएको थियो ।
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
प्रतिक्रिया