ग्लोबल मुभी फेस्टिभलमा नेपाली फिल्म पनि

इनेप्लिज २०७२ जेठ २९ गते १२:३९ मा प्रकाशित

mika-sing

एभरेस्ट टाइम्स/सान फ्रान्सिस्को

अमेरिकाको सान फ्रान्सिस्को ग्लोबल मुभी फेस्टिभलमा नेपाली फिल्म पनि प्रदर्शन हुने भएको छ । फेडरेसन अफ इन्डो अमेरिकन नामक संस्थाले वर्षेनी आयोजना गर्दै आएको फेस्टिभलमा यसपटक पूजना प्रधानको ‘चकलेट’, ऋचा घिमिरेको ‘तुलसी’ र ‘टाटा बाइबाइ’ फूलमान बल निर्देशित सर्ट फिल्म ‘सेलफोन’को प्रदर्शनी पक्का भइसकेको छ ।

Prakash Thapa0
फेस्टिभल अगस्ट ७ देखी १६ सम्म हुनेछ । फेस्टिभलमा ३० देशका २५० वटा फिल्महरु प्रदर्शनीको लागि तय गरिएको फेस्टिभलका कन्भेनर तथा अध्यक्ष डा. झाप्रा रोमेसले बताए । बलिउड स्टार गुल्सन ग्रोभर प्रमुख अतिथी रहेको पत्रकार भेटघाटमा फेस्टिभलका ग्लोबल डाइरेक्टर मध्येका प्रकाश थापाले नेपालमा विनासकारी भूकम्पले बनाएको बर्तमान स्थितिबारे जानकारी गराई सहयोगको आह्वान गरेका थिए ।
ग्लोबल फेस्टिभलमा आफू निर्देशक हुँदा नेपालका फिल्महरुलाई सहभागिता गराउन प्रयास गरे अनुरुप सफलता पाउँदा खुशी लागेको थापाले बताए । नेपाली फिल्मलाई विश्व सामु चिनाउने उद्देश्यले नेपाली फिल्म र कलाकारलाई सहभागिता गराउन लागेको बताउँदै उनले भने, ‘दुई दशक लामो इतिहास बोकेको फेस्टिभलमा यो नेपालको उपस्थिति मात्र हो, पछि यसको निरन्तरता हुन्छ ।’
निर्देशक थापाका अनुसार हलिउडका प्रख्यात कलाकार ज्याकी च्यान, स्यारोन स्टोन तथा बलिउडबाट विद्या बालन, रानी मुखर्जी, गायक सोनु निगम लगायतको उपस्थिती हुनेछ । फेस्टिभलमा कलिउडबाट कलाकार सुनील थापाको उपस्थिति रहने छ । संसारभरका कलाकार, पत्रकार, फिल्म निर्माता, निर्देशक, लेखकहरुको उपस्थिती रहने फेस्टिभलमा नेपालबाट गीतकार तथा हिमाल पत्रिकाका समाचार संयोजक डम्बरकृष्ण श्रेष्ठ (अनुशील) लगायत उपस्थीत हुने निश्चित भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया