अमेरिकन भुकम्प उद्धार टोलिलाई अमेरिकामा भब्य सम्मान
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको स्प्रिंग फिल्ड शहरको वाटर फोर्डमा गत बैशाख १२ गते नेपालमा आएको विनासकारी महा भूकम्प पिडितलाई उद्धार गर्न भर्जिनियाबाट नेपाल गै अमेरिका फर्केको भूकम्प पिडित उद्धार टोलिलाई एक समारोहका बिच भब्य सम्मान गरिएको छ l
वाशिंगटन डिसी नजिक रहेको भर्जिनियाको फेयर फ्याक्स काउन्टी अर्बान सर्च एण्ड रेस्क्यु समुहलाई स्वागत तथा सम्मान गर्न डिसी क्षेत्र वरपर स्थापना भएका करिब २ दर्जन संघ तथा संस्थाका प्रतिनिधि साथै नेपाली समुदायहरु पुगेका थिए l फेयर फ्याक्स काउन्टी अर्बान सर्च एण्ड रेस्क्यु समुह हैटीमा भूकम्प जादा पनि यसरि नै कैयौं जिवितै मानिसलाई उद्धार गर्न सफल भएको थियो भने उनीहरुले नेपालमा पनि पुरिएका मानिसलाई उद्धार गरेका थिए l
सम्मान कार्यक्रममा उद्धारमा उल्लेख्य काम गरि नेपाल बाट अमेरिका फर्केका नायकहरुलाई सम्मान स्वरुप खादा लगाई बिशेष सम्मान गरिनुको साथै दुवै देशका राष्ट्रिय गान बजाई सम्मान गरिएको थियो l कार्यक्रममा उद्धार टोलीमा नेपाल पुगी आफुले गरेका काम को बारेमा केहि टोलि सदस्यहरुले चर्चा गर्दै यो हाम्रो लागि अवसर हो भन्दै नेपाल सरकारलाई धन्यबाद दिएका थिए l
उनीहरुलाई अमेरिका सरकारले पनि ठुलो मदत गरेको बताउदै यस्तो कसैलाई पनि नपरोस भन्दै हामीले आफ्नो क्षमताले भ्याए सम्म काम गरि फर्केका छौ भनि मन्तब्य राखेका थिए l उक्त सम्मान कार्यक्रममा रिपब्लिकन दलकी तर्फ बाट भर्जिनिया क्षेत्र १० कि सभासद बार्बरा कम स्टकले उद्धार टोलिलाई उत्कृष्टको संज्ञा दिदै नेपालीहरुले दुख पाएकोमा गहिरो दुख व्यक्त गर्दै उनले नेपाली समुदाय संग मिलेर काम गर्ने बताईन l
नेपाली दुताबासका मिनिस्टर / उप नियोग प्रमुख ऋषि राम घिमिरेले नेपाल सरकार ,दुताबास तथा व्यक्तिगत तर्फ बाट फेयर फ्याक्स काउन्टी अर्बान सर्च एण्ड रेस्क्यु टोलिलाई बिशेष धन्यबाद दिदै अमेरिकाले ठुलो आर्थिक सहयोग गरेको चर्चा गर्नुको साथै उद्धार गर्न नेपाल पुगेको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबै मेरिन टोलि प्रति समबेदना प्रकट गरेका थिए l
नेपाल गएको उद्धार टोलि कै केहि सदस्यले यति ठुलो जनधनको क्षति भएकोमा दुख व्यक्त गर्दै दिवंगत भएका तथा परिवार गुमाएका सबै प्रति समबेदना प्रकट गरेका थिए l उक्त कार्यक्रममा उनीहरुले आफ्ना परिवारको साथै सन्तानहरुका साथ सम्मान कार्यक्रममा उपस्थित हुदा उपस्थित नेपाली समुदायले कर्तल ध्वनिले सम्मान जनाएका थिए l
सम्मान कार्यक्रमका आयोजक मध्येका एक संचारकर्मी राम चन्द्र खरेलले सबै नायकहरुलाई सम्मान जनाउन ” सलुट गर्छु यी हिरोहरुलाई ,जसले त्यहाँ निस्वार्थ रगत बगाए ” भन्ने कविता वाचनको साथ सम्मान गर्दै नेपालमा आफु गएको समयमा भूकम्प जानु गाडी नेपाल र भूकम्प गए पछिको नेपाल बारेमा तयार गरेको वृत चित्र प्रदर्शन पनि गरिएको थियो l
अत्याधुनिक उपकरण र कुकुर सहित नेपाल पुगी साहसीपूर्ण काम गर्ने सबै नायकहरुलाई हौसला प्रदान गर्ने उदेश्यले सम्मान कार्यक्रम गरिएको जानकारी एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष सुमन तिम्सिनाले बताए l सम्मान कार्यक्रम अमेरिका ६० को दशकमा आएका समाज सेवी डा बिष्णु पौडेलले नायकहरुलाई सम्मान गर्नुको साथै यो उद्दार टोलि उत्तम छ भन्ने पहिले नै लागेको बताए भने परशु नेपालले धन्यबाद दिएका थिए l
उक्त कार्यक्रमको आयोजना वाटर फोर्ड रिसेप्सन ,अन्तर्राष्ट्रिय विकास संस्था तथा सगरमाथा टेलिभिजनले सयुक्त रुपमा आयोजना गरेको थियो l
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया