शनिबार, साउन १६ २०७८
काठमाडौं ०२:१९
वासिङटन डिसी 16:34

डिसीमा जुलाई ४ मा भब्य खेलकुदको आयोजना गरिदै

इनेप्लिज २०७२ जेठ ४ गते २:४२ मा प्रकाशित

football_super_final_pic_final72159

अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ को सप्ताहमा डिसी महानगर क्षेत्रमा भब्य खेलकुदको आयोजना गरिने भएको छ l अमेरिकाभर बिभिन्न राज्य तथा सहरमा रहेका लामो समय देखि खेलकुद क्षेत्रमा संलग्न खेलाडी ,प्रशिक्षक ,निर्णायक तथा राष्ट्रिय तथा अन्तर राष्ट्रिय जगतमा नेपालको नाम उच्च राख्दै आएका खेलाडीहरुको पहलमा डिसी मह्नगर क्षेत्रमा जुलाई ४ र ५ तारिखको दिन बिभिन्न खेलकुदको आयोजना गरिने तय भएको छ l

table tennis

लामो समय देखि डिसी क्षेत्रमा बसोबास गर्दै सकर खेलमा संलग्न रहेका चन्द्र लामाले जानकारी दिएका छन् l दुई दिने खेलकुदमा सकर ,बास्केटबल ,पुरुष तथा महिला ,भलिबल ,टेबल टेनिस तथा गल्फ गरि ६ वटा खेल खेलाइने जानकारी दिदै यी सबै खेल प्रतिस्प्रद्धाको लागि नभई प्रदर्शनको लागि मात्र खेलाइने बताईएको छ l

र ,बिजेता खेलाडीहरुलाई कुनै पदक तथा नगद पुरस्कार दिइने छैन भने केवल प्रमाण पत्र मात्र दिने जानकारी गराईएको छ l अमेरिकाका अधिकांस राज्यहरुबाट खेलाडीहरु आउने छन् भने उनीहरुले प्रवेश शुल्क भने तिर्नु पर्ने लामाले बताएका छन् l

खेल समुहले बसोबासको आफै व्यवस्था गर्नु पर्ने छ भने बिभिन्न श्रोतबाट संकलित रकम पुरा नेपालको भूकम्प पिडितलाई दिने बताईएको छ l प्रवेस शुल्क तिरी जम्मा भएको रकम पनि भूकम्प पिडितलाई सहयोग गर्ने छलफल भएको बताउदै यस बिषयमा अन्य थप जानकारी छिट्टै दिने बताइएको छ l

basketball

प्रतिक्रिया