मंगलबार, मंसिर ९ २०७७
काठमाडौं ०३:१४
वासिङटन डिसी 16:29

भूकम्प प्रभावित चार घरेका १०० परिवारका लागी सरभाईवर किट” सहयोग हस्तान्तरण:

इनेप्लिज २०७२ वैशाख २८ गते २०:३७ मा प्रकाशित

imagejpeg

में ११, २०१५, काठमान्डौ !
भूकम्प पछीको सम्भावित सडंक्रमणको अवस्थालाई मध्यवजर गरी सो सम्बन्धी रोकथाममा सहयोग गर्न जिल्ला प्रशासन, नुवाकोट तथा महिला तथा वालवालिका संघ संगको समन्वयमा नुवाकोट जिल्ला स्थित चार घरे गा. वि. स मा १०० परिवारहरू लाई मास्क. पानी सुद्द पार्ने औषधी, हातमा लगाउने ग्लोभ, हात सफा गर्ने वाईप/जेल, टर्ट लाईट, मच्छर व्यान्ड सहितको “सरभाईवर किट” उपलब्ध गराईयो ! यस कार्यक्रमको उदेश्यका बारेमा इन्जीनियर श्री यादार्थ पोखरेलले प्रकाश पार्नु भएको थियो भने स्वयंसेवक श्री सस्मित कोईरालाले सरभाईवर किट वितरणमा सहयोग गर्नु भएको थियो ! काठमान्डौ देखि उक्त भूकम्प प्रभावित क्षेत्रमा सामान ढुवानीका लागी उद्योग मनत्रालयका सह सचिव श्री रिसि राज कोईरालाले गाडि सहयोग प्रदान गर्नु भएको थियो! सोहि अवसरमा सरभाईवर किट सहयोग प्रदान गर्नु हुने अमेरिका स्थित भर्जिनिया निवासी सुनिल मणि दाहालले भूकम्प पछि हुन सक्ने संडंक्रमण तथा यसमा ध्यान दिनु पर्ने कुराहरू को जानकारी तथा सरभाईवर किटको प्रयोगको बारेमा अवगत गराउनु भएको थियो!

प्रतिक्रिया