टहरा बनाउन खेलाडी परिचालन गरिँदै
इनेप्लिज
२०७२ वैशाख २७ गते १३:०९ मा प्रकाशित
काठमाडौँ, २७ वैशाख । युवा तथा खेलकुद मन्त्रालयले भूकम्पपीडित सर्वसाधारणलाई अस्थायी बसोबासको व्यवस्था गर्न टहरालगायत ओत लाग्ने स्थान निर्माण गर्न खेलाडी र खेल पदाधिकारीलाई परिचालन गर्ने भएको छ ।
युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको अध्यक्षतामा आज उक्त मन्त्रालयमा भएको बैठकले भूकम्पबाट जिल्लाका खेलकुद संरचनामा भएको क्षतिको विवरण तथा ती संरचना सञ्चालनका निम्ति कार्ययोजनासमेत बनाउने निर्णय गरेको छ ।
बैठकले भूकम्पपीडितको सहयोगार्थ मन्त्रालय र मातहतका कार्यालयबाट सहायता रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय पनि गरेको छ । रासस
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
प्रतिक्रिया