बुधबार, मंसिर १० २०७७
काठमाडौं १९:०३
वासिङटन डिसी 08:18

पाकिस्तानमा लुटेराले सात प्रहरी अपहरण गरे

इनेप्लिज २०७२ वैशाख २० गते १४:३७ मा प्रकाशित

pakistan_map_kohatलाहोर (पाकिस्तान), २० वैशाख । पाकिस्तानको मध्यभागमा लुटेराहरूले एक प्रहरी निरीक्षण केन्द्रमा आक्रमण गरी सात प्रहरी अपहरण गरेको जानकारी अधिकारीहरूले आइतबार दिएका छन् ।

उक्त घटना शनिबार राती पञ्जाव प्रान्तको सदिकाबादको मुच क्षेत्रमा भएको बताइएको छ ।

जिल्ला प्रहरी प्रमुख सोहेल जफार चत्ताले करिब ४० लुटेराले उक्त प्रहरी केन्द्रमा आक्रमण गरेको र सात प्रहरी अपहरण गरेको बताउनुभयो ।

उहाँले कानुन लागु गर्ने संस्थाले केही वर्ष अगाडि लुटेरालाई उक्त क्षेत्रबाट भगाएको तर हालै उनीहरू उक्त क्षेत्रमा सक्रिय हुन थालेको बताउनुभयो । यस समयमा उनीहरू मुच तथा सिन्ध प्रान्तको सीमाका नगरमा आउनेजाने गरेको बताइएको छ ।

यी लुटेराले हालै सिन्धको गोत्की नगरमा एक प्रहरी अधिकारीको हत्या गरेको बताइएको छ ।

चत्ताले सशस्त्र गाडीका साथमा प्रहरीको एक बलियो समूहले यी सात प्रहरी छुटाउन कारवाही आरम्भ गरेको बताउनुभयो ।

सिन्ध तथा पञ्जाव प्रान्तको सीमामा लुटोराहरू दशकौँ देखि क्रियाशील देखिएका छन् ।

सन् १९९० को दशकमा सेनाले सिन्ध प्रान्तमा उनीहरूमाथि पूर्ण कारवाही गरेको थियो । त्यसपछिका सरकारले यस प्रान्तमा कानुन व्यवस्था लागू गर्न नसकेकाले उनीहरू पुनः सक्रिय हुनथालेका छन् ।

प्रतिक्रिया