बिहीबार, मंसिर १६ २०७८
काठमाडौं ०४:२६
वासिङटन डिसी 17:41

नुवाकोटका भूकम्प पीडितहरुलाई अमेरिकाबासी नेपालीहरुको आर्थिक सहयोग

इनेप्लिज २०७२ वैशाख १७ गते १६:५३ मा प्रकाशित

11174801_10206134666664094_2643311120913093371_n

बैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गएको ७ दशमलव ६ रेक्टर स्केलको विनाशकारी भूकम्पबाट निधन हुनेको संख्या ५ हजार नाघिसकेको छ भने झण्डै दश हजार घाइते भएका छन् ।

नुवाकोट, गोरखा, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं लगायतका विभिन्न जिल्लाहरु भूकम्पबाट प्रभावित बन्न पुगेका छन् । नुवाकोट जिल्लामा अहिलेसम्मको रिपोर्ट अनुसार झण्डै नब्बे प्रतिशत घरहरु ध्वस्त भएका छन् । नुवाकोट जिल्लामा झण्डै ६ सयभन्दा बढीको ज्यान गईसकेको छ भने हजारौं घाइते छन् । भूकम्प पीडितहरुको अवस्था नाजुक छ । भूकम्पबाट घर भत्किएकाहरु खेतबारीमा बस्नु परिरहेको अवस्था छ । खाद्यान्नको अभाव भईरहेको छ । त्यस्तै खाना, औषधि, पालको अभावले भूकम्पपीडितहरुको अवस्था नाजुक बन्न पुगेको छ । यस्तो अवस्थामा केही हदसम्म सहयोग पुर्याउनका लागि अमेरिकाबासी नेपालीहरुबाट केही रकम संकलन गरि शीघ्र नुवाकोटका तीनैक्षेत्रका भूकम्प पीडितहरुलाई सहयोग गर्ने उद्देश्यका साथ विशेष गरि नुवाकोटका विभिन्न ठाउँमा घर भई हाल अमेरिकामा बसोबास गर्दै आउनु भएका केही व्यक्तिहरुको सक्रियतामा आर्थिक सहयोग जुटाउने क्रम जारी रहेको छ ।

विगतमा केही बर्षदेखि नुवाकोटमा स्वास्थ्य र शिक्षामा विशेष जोड दिंदै आएको यशोदादेवी भगवान सिंह मेमोरियल ट्रष्टमार्फत सहयोग गरिने समेत स्पष्ट पारिएको छ । ट्रष्टका सभापति डा. केदारनरसिंह केसीले तत्कालै केही मेडिकल टोलीहरुसहित नुवाकोटका विभिन्न ठाउँहरुमा अस्थायी स्वास्थ्य शिविरसञ्चालन गर्न र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाउनुभएको छ ।

सहयोगका लागि सम्पर्क व्यक्तिहरुमा मोहन वाइवा, धनञ्जयनरसिंह केसी, उत्तम लोहनी, राजेश अर्याल, सञ्जिव प्रधान, श्यामलाल श्रेष्ठ, बुद्धिमान तामाङ, दधिराम ढुंगाना, किशोर पण्डित, अमृत सापकोटा, रामकृष्ण भट्ट, दिनेश पाण्डे, मुकुन्द घिमिरे, मुकुन्द घिमिरे (टेक्सास), मुकुन्द दाहाल,ध्रुवप्रसाद पाण्डे, गणेश तामाङ रहेका छन् । अहिलेसम्म आर्थिक सहयोग गर्नेहरुमा धनञ्जयनरसिंह केसी ५ सय डलर, राजेश अर्याल ४ सय डलर, पुण्यप्रसाद पराजुली ३ सय डलर, अमृत सापकोटा २०१ डलर, किशोर पण्डित २ सय डलर, रामकृष्ण भट्ट २ सय डलर, धु्रवप्रसाद पाण्डे २ सय डलर, सञ्जय सिलवाल २ सय डलर, मुकुन्द घिमिरे (क्यालिफोर्निया) २०१ डलर, श्याम श्रेष्ठ २०१ डलर, बुद्धिमान तामाङ २०० डलर रहेका छन् । यस्तै भुवन लामा २०० डलर, मुकुन्द दाहाल १५०, कमल लामा १२०, शर्मिला पण्डित १०५, दिनेश पाण्डे १०५, डिल्लीबहादुर सिजापती १०५ डलर सहयोग गर्नुभएको छ । यस्तै सहयोग गर्ने अन्य दाताहरुमा राम मिश्र १०१, केशव पाण्डे १०१, डम्बर थपलिया १००, नरेन्द्र तामाङ १००, मुकुन्द घिमिरे (टेक्सास) १००, सञ्जीव उप्रेती १००, मनोज कटुवाल १००, सन्तोष कार्की १००, सञ्जय सिलवाल २००, मङ्गल तामाङ ५१ डलर रहेका छन् ।

यस्तै कैलाश सेन थापा ५१, सञ्जिव प्रधान ५०, शिवहरि श्रेष्ठ ५०, रोशन केसी ५०, गणेश तामाङ ५०, लक्ष्मी श्रेष्ठ ४०, सूर्य मोक्तान ४०, अच्युत सिग्देल २०१, बिष्णु भण्डारी १०१, निशा श्रेष्ठ ५०, इन्द्र सिटौला १०१, नारायण थपलिया १०१, दुर्गा फुयाल ४०, राजु थापा मगर १२१, सुमना खडका १०१, गंगा अधिकारी ५१, इन्द्र पण्डित १००, जीवनाथ आचार्य १०५, सिताराम लामिछाने १११, केशव श्रेष्ठ ५१, अनुजा केसी÷राजीव पण्डित १०००, उपेन्द्र अधिकारी ७५, संगीता शिवाकोटी लम्साल ५१, राजन न्यौपाने ५०, गायत्री भट्ट ५०, रे ५०, बन्दना दाहाल १०१, बिनुजा केसी÷निर्मल पोखरेल ५००, मोहन वाइवा २००, मोहम्मद धानानी २००, प्रदीप भण्डारी ५१, पुष्पा अर्याल ५००, बबिना खड्का २०० डलर, प्रमोद थापा ४०० डलर, भुवन डङोल ५१ डलर, Park Presbyterian Church (TX) :- $ 1500 र बिज्ञान खनालले १०१ डलर आर्थिक सहयोग गर्नुभएको छ ।

चेक पठाउनका लागि १९४० फ्रान्सीसकन वे अल्मेडा सीए ९४५०१ अपार्ट ११४ का धनञ्जयनरसिंह केसीसँग सम्पर्क राख्न समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया