बिहीबार, मंसिर १८ २०७७
काठमाडौं १२:१९
वासिङटन डिसी 01:34

पूर्वप्रधानमन्त्री थापाको निधनमा नेपाल शोकमा, थापालाई राष्ट्रिय सम्मान दिइने

इनेप्लिज २०७२ वैशाख ३ गते ६:१४ मा प्रकाशित

Surya-bahadur-thapa1

काठमाडौँ, ३ वैशाख । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनमा सिंगो देश शोकमा डुबेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पार्टी वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री थापाको निधनप्रति दुःख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ ।

पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराको निवास महाराजगन्जमा बसेको बैठकले नेता थापाको बुधबार राति भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा आकस्मिक निधनबाट पार्टीलाई गम्भीर बनाएको जनाएको छ । पूर्वप्रधानमन्त्री थापाको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने राप्रपाले जनाएको छ ।

प्रतिक्रिया