सहमतिको नाममा पर्खन नसकिने: मन्त्री रिजाल
विराटनगर (बरगाछी), २१ चैत । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले सहमतिको नाममा सधैँ सौदाबाजी गरेर अब सरकार नबस्ने बताउनुभएको छ ।
आज विराटनगरमा आयोजित शाान्ति प्रक्रिया र संविधान निर्माणमा देखिएका चुनौती र समाधानका उपाय विषयक गोष्ठीमा मन्त्री रिजालले विपक्षी दलहरु सहमतिमा नआए संविधान निर्माण प्रक्रियालाई रोकेर बस्न नसकिने बताउनुभएको हो ।
मन्त्री रिजालले जनताले दिएको अभिमतको खिलापमा गएर माओवादीलगायतका दलको चाहना अनुकूल संविधान बनाउन नसकिने जिकिर गर्नुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री रिजालले माओवादीलगायतको ३० दलीय मोर्चा सहमतिमा नआए दुई तिहाइको आधारमा भए पनि संविधान बन्ने दाबी गर्नुभयो ।
उहाँले माओवादीको दोधारे नीतिका कारणले संविधानसभा अनिर्णयको बन्दी बनेको आरोप लगाउनुभयो । जनताले संविधान चाहेकाले मोर्चाको आन्दोलनलाई जनताले समर्थन नगर्नेसमेत बताउनुभएको छ ।
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
मेरिल्याण्डका पूर्व प्रहरी प्रमुखलाई शृंखलाबद्ध रुपमा दर्जनौ घरमा आगजानी लगाएको आरोपमा पक्राउ
प्रतिक्रिया