बल्टिमोरमा मेसिन रिडेबल पासपोर्ट घुम्ती सेवा सम्पन्न
फागुन १८ ,बाल्टिमोर
विजय थापा
अमेरिकाको मेरील्याण्ड राज्यको बल्टिमोरमा उत्तर अमेरिकाको नेपालीहरुको जेष्ठ सामाजिक सस्था अमेरिका नेपाल सोसाईटी ,नेपाली राजदुतावास वासिङ्टन डिसी तथा कास्की समाज अमेरिकाको संयुक्त आयोजनामा मेशिन रिडेवल पासपोर्टका बारेमा जानकारी दिने तथा नयाँँ आबेदन पत्र समेत बुझ्ने काम बाल्टिमोरमा सम्पन्न भएको छ l
एम आरपी घुम्ती सेवा निकै प्रभावकारी भएको जानकारी बल्टिमोरकि महिला सामाजिक कार्यकर्ता तथा बानाकि पूर्व सभापति रबिना थापाले बताईन l बिगत दशक देखि नै सामाजिक सेवामा सदैव अग्रणी भूमिका निर्वाह गर्दै आएकी थापाको पहलमा पहिलो पटक यो कार्यक्रम भएको हो l उनिले बिगतमा पनि आप्रवासन ,रोजगारी तथा अन्य बिबिध बिषयमा समस्या परेका नेपाली समुदायलाई दिल खोलेर सहयोग गर्दै आएकी छिन् l
कार्यक्रममा निकै घुइचो लागेको र करिब ७५ जनाले आबेदन पत्र भरे भने झन्डै सय जना जति कागजात राम्रो बुझाउन नसकेको र तस्बिरका कारण फर्किनु परेको जानकारी अमेरिका नेपाल सोसाइटीका सभापति जीवन तिवारीले दिए l
कस्केली समाजका अध्यक्ष नारायण थापाले सबै नेपालीलाई कागजात नभएका र शरणार्थी अवस्थामा रहेका नेपालीलाई पनि एमआरपी दिनु पर्ने कुराको आवाज उठाएका थिए l
कार्यक्रममा नेपाली दुतावासका उप नियोग प्रमुख नारायण प्रसाद मैनाली एमआरपी घुम्ती सेवा संचालन गरि नेपाली समुदाय लाई सेवा गर्न पाइएकोमा हर्ष ब्यक्त गर्नु भयो भने अमेरिका नेपाल सोसाइटीका सभापति जीवन तिवारीले आगामी दिनमा पनि दुतावास संग मिलेर काम गर्न तयार छौ भन्दै सबैलाई धन्यबाद दिए l
न्यूयोर्कमा सिटी काउन्सिल जिल्ला २५ का उम्मेदवार यी(एन्डी)चेनको समर्थनमा कार्यक्रम हुने
अमेरिकामा कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा वृद्धि हुदै ,चार जनामा एक जना वयस्कलाई पूर्ण खोप
गैरआवासीय नेपाली संघको पौष मसान्त सम्मको हिसाब किताबको बिबरण सार्वजनिक
बाइडनले सामूहिक गोलीबारी पछि दबाब बढ्दै जाँदा सीमित बन्दूक प्रतिबन्धको घोषणा
टेक्ससको ब्रायनमा गोलीबारी हुँदा १ जनाको मृत्यु,५ जना घाइते
प्रतिक्रिया