शीर्ष भेटघाट सहज बनाउन छलफल
भक्तपुर, १३ चैत । देशको वर्तमान राजनीतिक समस्यालाई समाधान दिनेबारेमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला र मधेसी जनाधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारबीच आज बिहान छुट्टाछुट्टै भेटवार्ता भएको छ ।
ओली निवास बालकोटमा बिहान ७ः३० बजे पुग्नुभएका काँग्रेस महामन्त्री सिटौला र ओलीबीच पौने एकघन्टा भेटवार्ता भएको थियो ।
पौने ९ बजे सिटौला बाहिरिएपछि फोरम(लोकतान्त्रिक)का अध्यक्ष गच्छदार बिहान ९ बजे ओली निवास पुग्नुभएको थियो ।
ओली र गच्छदारबीच दुई घन्टा कुराकानी भएको नेता ओलीका स्वकीय रमेश आचार्यले जानकारी दिनुभयो । नेता गच्छदार बिहान ११ बजे फर्किनुभएको थियो । ओलीसँग सिटौला र गच्छदारको छुट्टाछुट्टै भेटमा देशको वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्ने र सहमतिका लागि छलफल अगाडि बढाउने बारेमा कुराबानी भएको आचार्यले जानकारी दिनुभयो ।
एमाओवादी अध्यक्ष दाहाल चीन भ्रमणबाट फर्किएलगत्तै शनिबार शीर्र्ष नेताबीच छलफल गर्न दलहरु तयार भएपछि शीर्ष भेटलाई सहज बनाउन आज उहाँहरुबीच भेट गरिएको स्रोतले बताएको छ । यसअघि बुधबार साँझ ओली निवासमा एमाओवादी उपाध्यक्ष डा बाबुराम भट्टराईको डेढ घन्टा भेटवार्ता भएको थियो ।
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
अमेरिकामा १ करोड २० लाख कोरोनाबाट मुक्त, ७ करोड ८६ लाखले खोप लगाए
एनसीसिओको साधारण सभा भव्यताका साथ सम्पन्न, निजानन्द मल्ल दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित
प्रतिक्रिया