मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ०९:१५
वासिङटन डिसी 22:30

एनआरएन अमेरिकाका भावी नेतृत्वले कुन कुरालाई सम्बोधन गरेको हेर्न चाहन्छन :एनआरएन अमेरिकाका पूर्व अध्यक्षहरु

इनेप्लिज २०७१ फागुन १६ गते ४:२६ मा प्रकाशित

nrn

के एनआरएन अमेरिका सहि मार्गमा गै रहेको छ त ? संस्थापक अध्यक्ष सुमन तिम्सिना : एनआरएन अमेरिका सहि चलि रहेको छ ,गति अझ पकडेको छैन चुनौतीहरु धेरै छन्  l पूर्व अध्यक्ष प्रल्हाद केसी : बिगत भन्दा राम्रो अवस्थामा देखिएको छ तर अलिक समय पर्खनु पर्छ  l अझ पनि संस्थागत विकासमा जोड दिनु जरुरि छ ,सबैमा खुशीको लहर देखिएको छ तर काम निक्कै गर्नु पर्छ  l

पूर्व अध्यक्ष शिव कुमार राई : अग्रगामी दिशामा राम्रो गतिमा चलि रहेको छ l ६-७ महिना अगाडी गाडी चल्न सुरु भएको हो ,सहि दिशामा कुदी रहेको तर गन्तब्यमा पुगी सकेको छैन l

प्रतिक्रिया