सहमतिबाट चार महिनाभित्र संविधान जारी गरिने: उपप्रम गौतम
काठमाडौँ, १५ फागुन । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले सबै जनताको अधिकार सुनिश्चित गरी सहमतिकै आधारमा जतिसक्दो चाँडो संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको छ ।
तेत्तीसौँ मगर एकता स्थापना दिवस तथा ४३ औँँ चिन्डीके डुप्के–२०७१ एवम् प्रथम अन्तर्राष्ट्रिय मगर सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले सबै जातजाति र समुदायको सबै अधिकारभन्दा पनि सबैका केही अधिकार सुनिश्चित गरी सकेसम्म सहमतिबाटै अबको चार महिनाभित्रमा संविधान जारी गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उपप्रधानमन्त्री गौतमले जातीय आधारमा राज्य पुनःसंरचना गर्दा सद्भाव खलबलिने हुँदा सबैलाई मान्य हुने सबैको पहिचान झल्कने र सबैले स्वामित्व लिन पाउने गरी पुनःसंरचना गरिनुपर्ने समेत बताउनुभयो । जातीय, भाषिक, क्षेत्रीय वा धार्मिक आधारमा मुलुकलाई विभाजन गर्नुभन्दा सबै मिलेर मुलुक निर्माणको बाटोमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।
मगर सङ्घका पूर्व अध्यक्ष यानबहादुर बुढाथोकी मगरले मुलुक निर्माणको हरेक समयमा मगर समुदायको पनि अतुलनीय योगदान रहेको हँुदा राज्यका हरेक संरचनामा सो समुदायको समान सहभागिता हुनुपर्ने माग गर्नुभयो ।
कार्यक्रममा नेपालमा रहेका गरिव तथा विभिन्न समस्यामा परेका मगर समुदायलाई सहयोग गर्ने उद्देश्यले नेपाल मगर सङ्घ दक्षिण कोरियाले रु. ५० हजारको अक्षयकोष स्थापना गरेको घोषणा गरेको थियो ।
तीन दिनसम्म चल्ने सो सम्मेलनमा मगर समुदायले उत्पादन गरेका विभिन्न सामग्री, मगर समुदायको खानपान, व्यापारिक स्टल, मगरसम्बन्धी वृत्तचित्र प्रदर्शन, नृत्य, दोहोरी गीत प्रतियोगिता तथा चिरपरिचित कलाकारहरुको विशेष प्रस्तुति रहनेछ । सम्मेलनको पूर्वसन्ध्यामा उपत्यकाका विभिन्न स्थानबाट निकालिएको ¥याली टँुडिखेलमा पुगेर कोणसभामा परिणत भएको थियो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया