ला लिगामा बार्सिलोनाको फराकिलो जित
काठमाडौं, २६ माघ । लिओनल मेस्सीको प्रेरणामा बार्सिलोनाले स्पेनिस ला लिगामा एथ्लेटिको बिल्बाओलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।
जितसँगै उनले लिग लिडर रियल मड्रिडसँगको अंक दुरी एकमा झारेको छ । मड्रिड डर्बीमा एथ्लेटिकोले रियललाई हराएपछि बार्सिलोनाले अंक दुरी छोट्याउने मौका पाएको थियो ।एथ्लेटिकोको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले १५ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता थियो । उनले फ्रिकिक गोल गरेका थिए ।
खेलको २६ औं मिनेटमा मेस्सीको पासमा लुइस स्वरेजले गोल गर्दै अग्रता दोब्बर पारे । मेस्सीसँगको वान टु वान पासमा उनले डि बक्स एरिया बाहिरबाट उत्कृष्ट गोल गरेका हुन् । दोस्रो हाफको ५९ औं मिनेटमा मिकेल रिकोले गोल गर्दै बिल्बाओलाई खेलमा फर्काउने संकेत दिए ।
तर, तीन मिनेटपछि नै मार्कोसले आत्माघाती गोल गरेपछि बार्सिलोना ३–१ ले अगाडि रह्यो । स्वरेजको पासमा मेस्सीले गोललाइन नजिकै रहेको नेयमारलाई दिएको पास क्लियर गर्न खोज्दा मार्कोसले आफ्नै पोष्टमा गोल गर्न पुगे ।
६४ औं मिनेटमा मेस्सीकै पासमा नेयमारले गोल गरे । दुई मिनेटपछि बिल्बाओका एड्युरिजले गोल गर्दै बार्सिलोनाको अग्रता ४–२ मा झारे । तर, ८६ औं मिनेटमा पेड्रोले गोल गर्दै बार्सिलोनालाई ५–२ गोल अन्तरको जित दिलाए । जितपछि बार्सिलोनाको २२ खेलबाट ५३ अंक भएको छ भने लिग लिडर रियल मड्रिडको ५४ अंक छ । तेस्रो स्थानमा रहेको डिफेण्डिङ च्याम्पियन एथ्लेटिको मड्रिडको ५० अंक छ ।
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया