आन्दोलन छोडेर वार्तामा आउन पौडेलको आग्रह
काठमाडौँ, २४ माघ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एनेकपा (माओवादी) सहितको मोर्चालाई आन्दोलन छोडेर वार्तामा आउन आग्रह गर्नुभएको छ ।
रिपोटर्स क्लब नेपालको संयोजनमा उहाँको निवास बोहोराटारमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले संविधानसभाका माध्यमबाट संविधान ल्याउने नेपाली जनताको चाहनालाई आत्मसात् गर्नुपर्ने बताउनुभयो ।
“उहाँहरु संविधानसभाको काम कारबाहीबाट बाहिर जानुभएको छ । संविधान राष्ट्रको हितमा हो । आ–आफ्ना कुरा भन्ने केही छैन । सहमतिका लागि हामीहरु खुला दिलले वार्ता गर्न तयार छौँ”, उपसभापति पौडेलले भन्नुभयो ।
विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको भावना विपरीत आफूहरु नगएको बताउदै उहाँले माघ ५ गते पनि अधिकांश कुरोमा टुङ्गोमा पुगिसकेको अवस्थामा अकस्मात् भइसकेको सहमति अवरुद्ध भएको जानकारी गराउनुभयो ।
काँग्रेसले अघि सारेको नौ बुँदे अवधारणा विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको मर्मअनुरुप नै रहेकोमा जोड दिँदै उपसभापति पौडेलले देशको सङ्क्रमणकालको अन्त्य गर्नका लागि तत्काल आन्दोलन छोडेर वार्तामा आउनुको विकल्प नभएको उल्लेख गर्नुभयो ।
सर्वसहमतिको अवस्था नरहेको र अधिकतम सहमतिका लागि आफूहरु हदैसम्म लचिलो बनेको बताउँदै उहाँले भन्नुभयो, “सहमतिको पासोमा बेरिएर बस्ने अवस्था छैन । सम्पूर्ण सहमति सम्भव नहुन सक्छ अधिकतम सहमति कायम गर्न सकिन्छ ।”
सङ्घीयता, लोकतन्त्र तथा गणतन्त्रका विरुद्धमा भने आफूहरुले सम्झौता गर्न नसक्ने उहाँको भनाइ छ ।
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
प्रतिक्रिया