‘एक जातिको पहिचान झल्कने गरी सङ्घीय राज्य बनाउनुपर्छ भनेकै छैन’
इटहरी, २४ माघ । एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहालले बहुलवाद समाज भएको नेपालमा कुनै एक जातिको पहिचान झल्कने गरी सङ्घीय राज्य बनाउनुपर्छ भनेर एनेकपा (माओवादी)ले कहिले पनि कुरा नउठाएको दाबी गर्नुभएको छ ।
इटहरीमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले बहुलवादी समाज भएकाले सबै जातजाति, भाषा, धर्म, संस्कार, लिङ्गको पहिचान हुनुपर्छ भन्ने आफ्नो पार्टीको दृष्टिकोण रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘विभिन्न जातजाति, धर्म, संस्कृति, लिङ्ग भएको समुदायको बसोवास रहेको बहुलवादी समाज भएकाले हामीले सबै जाति, भाषा, धर्म र संस्कृति भएका मानिसको पहिचान हुनुपर्छ भन्ने कुरा उठान गर्दै आएको छौँ । एक जातीय पहिचान भएको सङ्घीय राज्यको पक्षमा भने एनेकपा (माओवादी)ले कहिल्यै वकालत गरेको छैन ।’’
अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानमा नै जातीय पहिचान सङ्घीयताजस्ता बुँदालाई स्पष्टसँग उठान भएको तर नेकपा (एमाले)ले बहुपहिचानको कुरा उठाएर बहुपहिचानको मुद्दालाई छोडेको आरोप लगाउनुभयो ।
संविधानसभालाई संसद्मा रुपान्तर गर्ने दुस्प्रयास गरिरहेका कारणले पहिलो संविधानसभाले संविधान बनाउने कुरामा सहमत हुन सकेन र अहिले त्यही प्रयासलाई निरन्तरता दिने दम्भ देखाइरहेकाले हामीले त्यसविरुद्ध देशभर अभियान चलाउनु परेको उहाँँको भनाइ थियो ।
माघ ८ गते संविधान जारी गर्ने परिस्थिति नबनेपछि सत्तारुढ दलहरुले माघ ११ गते संविधानसभामा प्रश्नावली समिति बनाएर घोर आपत्तिजनक काम गरेको बताउँदै उहाँले भन्नुभयो, ‘‘त्यसको कुनै प्रयोजनसमेत नभएकाले त्यसलाई तत्काल खारेज गर्नुपर्दछ ।’’
अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौता र सहमतिलाई टेकेर राजनीतिक दलहरुबीच संवाद र सहमति बनाएर अघि बढ्ने परिस्थितिको निर्माण गर्न सकिने सम्भावना रहेको उहाँको भनाइ थियो ।
शेर्पा संघ अमेरिकाको प्रेस बिज्ञप्ति
अमेरिकामा एकैदिनमा कोरोनाबाट ३७३४ को मृत्यु ,१ लाख ९१ हजार संक्रमित
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
प्रतिक्रिया