बृहत् कार्यकर्ता भेलाका लागि एमालेको तयारी
काठमाडौँ, ३ माघ । नेकपा एमालेले यही माघ ५ गते काठमाडौँमा आयोजना गर्ने बृहत् कार्यकर्ता भेलाको तयारीका लागि आज केन्द्रीय कार्यालय बल्खुमा उपत्यकाका पार्टी कमिटी प्रमुख, जनसङ्गठनका प्रमुख र केन्द्रीय तथा अञ्चल सम्पर्क कमिटीका अध्यक्ष एवम् प्रतिनिधिसहितको संयुक्त बैठक सम्पन्न भएको छ ।
संविधानसभाबाट संविधान निर्माणका सन्दर्भमा भइरहेका पछिल्ला घटनाका बारेमा पार्टीपङ्क्तिलाई जानकारी गराउने, संविधान निर्माणका लागि पार्टीका तर्फबाट सकारात्मक पहलकदमी लिने, संविधान निर्माणको विषयवस्तु र प्रक्रियाका बारेमा आम जनसमुदायलाई अवगत गराउने उद्देश्यले सो भेलाको आयोजना हुन लागेको हो ।
आजको संयुक्त बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले निर्वाचन प्रणाली, न्याय प्रणाली, शासकीय स्वरुपका विषयमा नेकपा एमाले लचिलो हुन तयार रहेको बताउँदै राज्य पुनःसंरचनाका विषयमा भने एनेकपा माओवादी लगायतका अन्य दल लचिलो भए सहमतिका साथ संविधान निर्माण हुने बताउनुभयो ।
उहाँले मिश्रित निर्वाचन प्रणाली अपनाउन पार्टी तयार रहेको उल्लेख गर्दै न्याय प्रणाली विभाजित नहुने गरी निश्चित काम, कर्तव्य र अधिकार तोकेर बढीमा १० वर्षका लागि संवैधानिक अदालत गठन गर्न सकिने धारणा पनि राख्नुभएको बैठकमा सहभागीले जनाएका छन् ।
सचिव योगेश भट्टराराईले आज जारी गर्नुभएको विज्ञप्तिमा सोमबार हुने उक्त भेलामा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत पार्टीका वरिष्ठ नेताद्वारा संविधान निर्माणका क्रममा विकसित पछिल्ला परिस्थितिका सन्दर्भमा पार्टीका धारणाबारेमा सम्बोधन गर्ने निर्णय भएको जनाइएको छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया