युगान्डामा असामयिक निधन भएका दान बहादुर खत्रीको दाहसंस्कार
युगान्डामा असामयिक निधन भएको दान बहादुर खत्रीको हिन्दु रितिरिवाज अनुशार १२ जनवरी पौष २८ गते सोमबारको दिन दाहसंस्कार गरिएको छ l
जुभुंग गा. बि. स. वडा न ९ निवासी श्री दान बहादुर खत्री केहि समय देखि मणिकराम रुपन्देही बस्दै आउनु भएको थियो l युगान्डामा कार्यरत खत्री खाना खजाना रेस्टुरेन्ट कोलोलो कम्पालामा हुनुहुन्थ्यो l श्री स्वस्थानीको ब्रतारम्भ आइतबारको दिन बाट सिकिस्त बिरामी पर्नु भएको वहाँलाइ नोर्विक अस्पताल मा भर्ना गरिएको थियो l सोमबार होस खुलेपछी डाक्टरको सल्लाह अनुशार मुलागो अस्पताल लागिएको थियो l दुवै मिर्गौला र फोक्सोले काम नगरेको अवस्थामा पौष २४ गते बिहिबार बिहान ४:३० मा उपचारको क्रम मा निधन भएको हो l
गैर आवासीय नेपाली संघ, युगान्डाको सक्रियता मा सम्पन्न दाहसंस्कार मा दागबत्ती मुक्त बहादु क्षेत्रीले दिनुभएको थियो l मृतक दान बहादुर खत्री क्षेत्रीका साक्खै भिनाजु हुनुहुन्थ्यो l दाहस्थानमा ४० नेपाली को उपास्थिति रहे पनी भारतीय, अफ्रिकन र नेपाली सहित ७० जनाको उपस्थिति रहेको थियो l हिन्दु रितिरिवाज अनुशार सम्पन्न उक्त दुखद घटनामा कमौली, युगान्डा हिन्दु मन्दिरमा कार्यरत स्यांग्जा निवासी पण्डित सगुन पंगेनीले विधिवत रुपमा संस्कार सम्पन्न गराउनु भएको थियो l
उक्त दाहसंस्कार मा गैर आवासीय नेपाली संघ, युगान्डाका अध्यक्ष रमेश कंडेल, अन्तर्राष्ट्रिय समन्वय परिषद सदश्य जीवनाथ पंगेनी, उपाध्यक्ष इश्वरी बश्याल , सदश्य भानु भण्डारी, गिरि राज अर्याल, यातिन पटेल , खाना खजाना स्टाफ जग बहादुर काउछा, लोक बहादुर, बालकृष्ण, प्रेम बहादुर लगायतको बिशेस सक्रियता रह्यो l दाह संस्कार यहाँ गरिए पनि वहांको अस्तु भने नेपाल नै पठाइने छ l
म लगायत गैर आवासीय नेपाली संघ, युगान्डा तथा सम्पूर्ण युगान्डाबासि नेपाली तथा दाहसंस्कारमा उपस्थित सम्पूर्णहामि यो दुखद घडीमा परिवार जनमा धैर्यधारण गर्ने शक्ति प्रदान पशुपतिनाथले प्रदान गरुन हामी प्राथना गर्छौं अध्यक्ष रमेश कंडेलले यसै समाचार मार्फत भन्नु भयो l यो बिषय लाइ लिएर चिन्ता ब्यक्त गर्नु हुने गैर आवासीय अफ्रीका क्षेत्रीय संयोजक हिक्मत थापा ज्यु, डी आर सी एकनाथ खतिवडा, केन्या एन सी सी, इजिप्ट का लागि नेपाली राजदूतावासका राजदुत कौशल किशोर राय, परदेश को ठाउँमा व्यस्तताको समयलाई मिलाएर यो दुखद घडीमा साथ दिन उपस्थित हिन्दु दाह समिति का अध्यक्ष तथा इन्डियन संघका संस्थापक रजनी टेलर लगायत सबैको नाम लिन असम्भव भए पनि घाटमा उपस्थित सबैलाई यसै समाचार मार्फत हिर्दय देखि नै नमन गर्दै आभार प्रकट गर्दछु अध्यक्ष कंडेलले भन्नुभयो l
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया