बाना भलिबल प्रतियोगिताको पुरुष तर्फ सुदुरपश्चिम टेक्सस तथा महिला तर्फ बाना बाल्टिमोर बिजयी
बानाले भलिबल प्रतियोगिताका बिजयी खेल टोलीलाई १० हजार ५ सय ५४ डलर बराबरको नगद तथा पुरस्कार बितरण
दोश्रो बाना अन्तरराज्य भलिबल प्रतियोगिता २०२२ को पुरुष तर्फ सुदुरपश्चिम टेक्सस तथा महिला तर्फ बाना बाल्टिमोर बिजयी भएका छन् । बाल्टिमोरको बानाले भलिबल प्रतियोगिताका बिजयी खेल टोलीलाई १० हजार ५ सय ५४ डलर बराबरको नगद तथा पुरस्कार बितरण गरेको छ।
आज सम्पन्न भएको फाइनल (निर्णायक )भलिवल प्रतियोगितामा पुरुष तर्फ सुदुर पश्चिम टेक्सस तथा सिन्धु बुद्ध न्यूयोर्क बीच अन्तिम खेल भएको थियो । पुरुष तर्फ निर्णायक खेल उत्तम ५ अर्थात् बेस्ट अफ फाइभ खेल खेलाईएको थियो भने महिला तर्फ उत्तम ३ अर्थात् बेस्ट अफ थ्री खेलाईएको थियो ।
पुरुष तर्फ सुदुर पश्चिम टेक्सस बिजेता भएको थियो भने उप बिजेता सिन्धु बुद्ध न्यूयोर्क भएको थियो ।
महिला तर्फ बाना बाल्टिमोर तथा म्याग्दी समाज न्यूयोर्क बीच भिडन्त भएको थियो भने बानाले फ़ाइनल (अन्तिम निर्णायक )खेल जितेको थियो । म्याग्दी समाज न्यूयोर्क उप बिजेता भएको थियो ।
अमेरिकाको मेरील्याण्ड राज्यको बाल्टिमोरमा स्थापित बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना)ले यस बर्ष प्रथम हुनेलाई ५,५५५ डलर ,द्वितीय हुनेलाई ३,३३३ तथा बिजयी महिला खेल टोलीलाई १,१११ तथा उप बिजेता महिला टोलीलाई ५५५ डलर सहित नगद तथा पुरस्कार वितरण गरेको छ ।
जुलाई २३ -२४ का दिन आयोजना भएको प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यहरुबाट पुरुष तर्फ १८ वटा खेल टोलीहरु तथा महिला तर्फ ४ वटा टोलीले भाग लिएका थिए ।
आज पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुताबासका उप नियोग प्रमुख कुमार राज खरेल रहेका थिए । बिशेष अतिथिमा बिधान सभा सदस्य डा ह्यारी भण्डारी ,महाबाणिज्यदुत प्रेम राजा महत,दुताबासका आमन्त्रित अतिथि,बानाका गुठी सदस्य प्रभु थापा ,विभिन्न संघ.संस्थाका व्यक्तित्वहरु तथा प्रायोजकहरुले समेतले बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
प्रमुख अतिथि खरेल,महा बाणिज्य दुत महत,डा ह्यारी भण्डारी लगायतले छोटो शुभ कामना दिएका थिए । अमेरिकामा भलिवल प्रतियोगिता यत्रो ठूलो राशिको नगद पुरस्कार सम्भवत नेपाली समुदायमा पहिलो हो । गत बर्ष देखि संचालन भएको प्रतियोगितामा यस पटक रकम पनि वृद्धि गरिएको थियो ।
कार्यकमको अध्यक्षता सुबोध पन्तले गरेका थिए भने कार्यक्रम संयोजक भिम केसीले बोलेका थिए । महासचिव सागर घिमिरेले औपचारिक कार्यक्रम संचालन गरेका थिए । अध्यक्ष सुबोध पन्तले सबैलाई धन्यवाद दिएका थिए ।
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
अमेरिकाको मिजौरीको एक घरमा इन्धन विष्फोटमा बाबुको ज्यान गए पछि ३ वर्षीया बालिकाको पनि मृत्यु
प्रतिक्रिया