शनिबार, भदौ ४ २०७९
काठमाडौं ०७:५२
वासिङटन डिसी 22:07

अमेरिकाको डिएमभि क्षेत्रमा दशै तिहार फेस्ट २०२२ आयोजनाको मिति र स्थान तय

अलिशा अधिकारी २०७९ असार १४ गते १:४१ मा प्रकाशित

अलिशा अधिकारी

आरएनआर ग्रुप्स र 3E Entertainment, नेपाल तथा बिदेशमा विभिन्न सामाजिक कार्यहरुमा अग्रसर रहि नेपालको हरेक कला सस्कृतीहरुलाई विभिन्न प्रकाशन मार्फत विश्व भर छरिएर रहेका नेपालीहरु बिच पस्किदै आइरहेको एउटा गैर नाफामुलक सस्था हो।

धेरै अन्तर्राष्ट्रियस्त्तरमा साङगितिक कार्यक्रमहरु मार्फत आफ्नु पहिचान बनाइ सकेको यो सस्था विभिन्न च्यारिटी सो लगायतका कार्यक्रमहरुमा अग्रसर रहि आएको छ। विभिन्न समयमा नेपालमा पनि सस्कृतिक तथा कन्सर्टहरु आयोजना गरि मनोरञ्जन प्रदान गर्दै विभिन्न सहयोगको लागी हातेमालो गर्दै आएको
आरएनआर ग्रुप्स र 3E Entertainment ले लामो समयको अन्तराल पछि ओनेस्ट रियल स्टेटको प्रस्तुति तथा आर एन आर ग्रुपको सहयोगमा दशै तिहार फेस्टको आयोजना गरिने भएको छ । कार्यक्रमको पुरा विवरण आउन बाकी रहे पनि २५ सेप्टेम्बर २०२२ मा बुल रन पार्क इभेन्ट सेन्टरमा सो आयोजना हुने आर एन आर ग्रुपका नूतन क्षेत्रीले जानकारी दिएका छन।

प्रतिक्रिया