अमेरिकाको मोन्टाना राज्यमा कर्मचारीहरुले खोप लगाउनु आवश्यकता नपर्ने भन्दै प्रतिबन्ध ,प्रतिबन्ध गर्ने पहिलो राज्य
अमेरिकाको मोन्टाना राज्यमा कर्मचारीहरुले खोप लगाउनु आवश्यकता नपर्ने भन्दै राज्यले प्रतिबन्ध गरेको छ । यसरी कर्मचारीलाई खोप आवश्यक नपर्ने भनि प्रतिबन्ध गर्ने मोन्टाना पहिलो राज्य हो ।
अमेरिकामा डेल्टा प्रजातिको कोभिड-१९ अत्यधिक वृद्धि हुदै गएको अवस्थामा उक्त निर्णय आए पछि स्वास्थ्य सेवा र स्वास्थ्यकर्मीहरुले चर्को आवाज निकालेका छन् ।
अमेरिकामा ठूला प्रतिष्ठानहरुले उनीहरुका कर्मचारीहरुलाई व्यक्तिगत रूपमा काममा फर्कनको लागी खोप आवश्यक भनि रहेको अवस्थामा राज्यले त्यस्तो निर्णय गरेको हो ।
उक्त राज्य रिपब्लिकनहरुको नियन्त्रण भएकोले व्यवस्थापिकाद्वारा पारित भएको उक्त नयाँ कानून अन्तर्गत रोजगारको लागी एक शर्तको रूपमा खोपको आवश्यकता “भेदभाव” र राज्यको मानव अधिकार कानुनको उल्लंघन मानिन्छ ,भनेको छ ।
मोन्टाना अमेरिकामा एकमात्र राज्य हो जसमा निजी रोजगारदाताहरुको लागी यस्तो कानून राखेको राज्य स्वास्थ्य नीतिका लागी राष्ट्रिय प्रतिष्ठानका कार्यकारी निर्देशकले हेमी टेवारसनले बताएको समाचार एबिसीन्युजले लेखेको छ ।
उक्त कानूनले राज्य भरमा रोजगारदाताहरुको बीच चिन्ता उठाएको छ । किनकि मोन्टाना राज्यमा कोभिड -१९ को संक्रमण वृद्धि हुदै गै रहेको अवस्थामा छ । चिकित्सकहरूले उक्त कानूनलाई उल्टाउन विधायिकालाई आह्वान गरेका छन् ।
मोन्टाना चिकित्सा संघका अध्यक्ष डा पामेला कटलरले “यो हामीलाई सार्वजनिक स्वास्थ्यको बारेमा कहिल्यै थाहा नभएको र यो सबै बिरुद्ध छ ,भनिन ।
उनले यसलाई एक हास्यजनक भएको बताइन । यसलाई ठीक गर्नु छ । हामी हाम्रो अस्पतालका बिरामीहरू र हाम्रा सहकर्मीहरूको लागी सुरक्षित बनाउन सक्छौं।” उनले थपिन ।
प्रतिक्रिया