आइतबार, असार ६ २०७८
काठमाडौं ०५:४६
वासिङटन डिसी 20:01

लस एन्जेलसका युवाहरुले गाउँघर सम्झे

लसएन्जल्स ,अमेरिका २०७८ जेठ १ गते १३:०३ मा प्रकाशित

सुदुर पश्चिमको टीकापुर क्षेत्रमा कोरोनाको संक्रमणले अस्पतालमा अक्सिजनको अभाव भइ बिरामी मृत्य हुन थाले पछि टीकापुर सरोकार समुहको संयोजनमा टीकापुर अस्पताल र टीकापुर उधोग बाणिज्य संघले चालेको अभियानमा सहयोग गर्न अमेरिकाका लसएन्जल्सका युवाहरुले सहयोगको अभियान थालेका छन ।

प्रकाश धमला , नवराज मुडभरी, विशाल बिष्टले संयोजन गर्नु भएको यस अभियानमा नेपाल टीकापुर सँग जोडिएका र टीकापुरलाई माया गर्नेहरुले सहयोग गरि राखेका छन ।

पहिलो चरणमा सहयोग गर्ने रोहित कुवर , प्रकाश धमला, विशाल रावल, भिम थापा , धन थापा , बिनोद कुवर , मणिराम न्यौपाने , युवराज मुडभरी , भेष राज भट्टराई , रुप खडका , रण बडुवाल , नवराज मुडभरी , कपुर सिंह भुल, महेन्द्र बहादुर रावल ,पारस धामी ,प्रकाश देबकोटा , प्रकाश तिमिल्सिना लगाएत रहेका छन ।

टीकापुर सरोकार समुहको तर्फबाट अमेरिकाबाट सहयोग गर्नु हुने र अभियान चलाउनु हुने सम्पुर्णलाई हार्दिक आभार ब्यक्त गरिएको छ ।

हिजो मात्रै एनआरएनए अमेरिकाले यस अभियानलाई चार हजार अमेरिकन डलर सहयोग गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया