बुधबार, माघ ७ २०७७
काठमाडौं १३:२७
वासिङटन डिसी 02:42

अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख १० हजार संक्रमित,१२३२ जनाको मृत्यु

इनेप्लिज २०७७ मंसिर १२ गते ११:३८ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख १० हजार ६ सय ११ पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको छ । यसै गरि एकैदिनमा १ हजार २ सय ३२ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ । गत बिहिबार नोभेम्बर २६ का दिन २४ घण्टामा उक्त आँकडा लिइएको हो । लगातार १७ औ दिन सम्म हरेक दिन १ लाख भन्दा बढी नया कोरोना संक्रमितहरु थपिदै गइ रहेक छन् ।

कोभिड-१९ बाट संक्रमित भै अस्पताल भर्ना हुनेको संख्या ९० हजार पुगेको छ भने ३९ वटा राज्यहरुमा संक्रमणको संख्या अत्यधिक वृद्धि भएको छ ।

हाल सम्म कूल १३ करोड १ लाख ११ हजार मानिसहरु संक्रमित भएका छन् भने कूल निको हुनेको संख्या ४५ लाख २९ हजार७ सय२१ पुगेको छ । यसैगरी कूल मृत्यु हुनेको संख्या २ लाख ६८ हजार १ सय ६१ पुगेको छ ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन

प्रतिक्रिया