अमेरिकामा गुञ्जियो नेपाली भेषभूषाको आवाज: प्रशान्त ताम्राकारको ‘फेसन एक्सप्रेसन’ कार्यक्रमले पायो अपार सफलता

विजय थापा २०८२ असार १८ गते १४:१६ मा प्रकाशित

नेपालको फेसन अर्थात् भेषभूषाको क्षेत्रमा दुई दशक भन्दा बढी समयदेखि सक्रिय रहेका प्रशान्त ताम्राकार नमुना (मोडल)कोरियोग्राफर ( भेषभूषा प्रदर्शन र रंगमञ्चीय प्रस्तुती निर्देशक ) र उद्यमीका रूपमा चिनिन्छन्। तर उनको यात्रा नमुना पहिरन प्रदर्शन गर्ने व्यक्ति नमुना(मोडल)बाट सुरु भएको हो।

हालै उनले फेशन एक्सप्रेस युएसए टुर अर्थात् भेषभूषा द्रुत अमेरिका यात्रा नामक विशेष भेषभूषा (फेसन )कार्यक्रम अमेरिका भरि सञ्चालन गरे। यो ३ दिवसीय भेषभूषा कार्यशाला (फेसन वर्कशप) र कार्यक्रम श्रृंखला हाललाई अमेरिकाको मेरिल्याण्ड, टेक्सस र न्यूयोर्कमा आयोजित भयो। प्रारम्भमा अमेरिकाको ५ वटा राज्यमा आयोजना गरिने लक्ष्य राखिएको थियो ।

कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय सहभागिता देखियो। हजारौ दर्शकहरूले कार्यक्रमलाई मन पराए, समर्थन गरे र खुलेर प्रशंसा गरे। ताम्राकारले नेपाली समुदायप्रति गहिरो धन्यवाद व्यक्त गर्दै भने, “तपाईहरूको माया, साथ र उपस्थितिले यो यात्रा अविस्मरणीय बनाएको छ।”

फेशन एक्सप्रेस कार्यक्रमको उद्देश्य गैर आवासीय नेपाली युवालाई फेसन शिक्षा मार्फत सशक्त बनाउनु, नेपाली भेषभूषा फेसनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु, र नेपाली संस्कृतिको रचनात्मक प्रस्तुति गर्नु हो।

उनले स्वयम् कार्यक्रममा सहभागीहरूलाई मंचमा हिड्ने बिरालो चाल (क्याटवाक ) तथा भेषभूषाको लागि हिँड्ने तरिका जस्ता शिपहरु सिकाउन मद्धत गरे । साथै, उनीहरूले नेपाली पोशाक र सांस्कृतिक सौन्दर्यलाई विश्वसामु प्रस्तुत गरे।

यो प्रयासले नेपाली ढाचाकार (डिजाइनर), मार्का (ब्रान्ड) तथा कलाकारहरूलाई विश्व बजारमा पुर्‍याउने पुलको काम गरिरहेको छ। साथै, यसले नेपाली समुदायबीच एकता, सशक्तिकरण र सिर्जनशीलतालाई पनि बढाएको छ।

प्रशान्त ताम्राकारको यो अभियानले नेपाली फेसन अब विश्व मञ्चमा चम्किन तयार छ भन्ने देखाएको छ । न्यूयोर्कमा पहिलोपटक भएको नेपाली फेसन एक्सप्रेसन कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न भयो कार्यक्रममा नेपालका विभिन्न जातजाती र संस्कृतिलाई प्रतिनिधित्व गर्ने २७ प्रकारका परम्परागत र आधुनिक पहिरन र्याम्पमा प्रस्तुत गरियो। हरेक पहिरन र प्रस्तुति सँगै हलमा ताली र हर्षका आवाज गुन्जिएका थिए।

कार्यक्रमका अध्यक्ष ताम्राकारले “नेपालको सम्पूर्ण भेषभूषालाई एकै मञ्चबाट विश्वसामु चिनाउने लक्ष्य पुरा भएको” भन्दै खुसी व्यक्त गरे।

कलाकारको हैसियतमा ताम्राकारले अभिनय गरेको चलचित्र सन् २०१५ को सम्बोधन र २०१७ को ऐश्वर्यामा उनको अहम भूमिकाले फेरि एकपटक उनलाई दर्शकमाझ चर्चामा ल्यायो ।

सन् १९९५ मा उनी ‘म्यान हन्ट इन्टरनेशनल’ नामक कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने पहिलो पुरुष नमुना (मोडल )बने, जुन प्रतियोगिता सिंगापुरमा भएको थियो। उनको र नेपालको तर्फबाट त्यो पहिलो सहभागिता रहेको अर्थात् उनले नेपालको प्रतिनिधित्व गरेका थिए ।

प्रशान्तले कम्तिमा पनि आठ वटा नेपाली र बहुभाषिक चलचित्रहरूमा पनि काम गरिसकेका छन्। उनी बहुपक्षीय प्रतिभाका धनी कलाकार हुन्।

उनले अमेरिकाको ३ वटा राज्यहरुका शहरहरुमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा खुसी व्यक्त गरेका छन् । सपना बुनेर अमेरिकाको भ्रमणमा रहेका ताम्राकारले केही हद सम्म आकार बनाउन सकिएकोमा सन्तोष लागेको बताए ।

साथै यसलाई कालान्तरमा पनि निरन्तरता दिने इनेप्लिजलाई बताए । अर्को बर्ष अमेरिकाको ८-१० वटा राज्यमा कार्यक्रम आयोजना गरि दिन अनुरोध आएको समेत उनले बताए ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया