आइतबार, साउन २२ २०७९
काठमाडौं २२:१४
वासिङटन डिसी 12:29

अमेरिकामा कोरोनाबाट लगातार एकै दिनमा दोश्रो दिन १२ सय को मृत्यु ,७१ हजार संक्रमित

इनेप्लिज २०७७ साउन ८ गते १०:३९ मा प्रकाशित

अमेरिकामा कोरोना भाइरसबाट लगातार एकै दिनमा दोश्रो दिन १२ सय जनाको मृत्यु भएको छ । मृत्यु संख्यामा घट्दै गरेको अवस्थामा पुगि सकेको अमेरिकामा पुन: संक्रमित र मृत्यु संख्यामा वृद्धि हुन् थालेको छ ।

गत बुधबार मात्रै एकै दिनमा ७१ हजार मानिसहरु संक्रमित भएका छन । जोन्स हप्किन्स बिश्वबिद्यालयको आँकडा अनुसार गत बुधबार ७१ हजार ६ सय ९५ जना संक्रमित भएको उल्लेख गरेको छ ।

दोश्रो दिन पनि २४ घन्टामा मृत्यु हुनेको संख्या १ हजार भन्दा ज्यादा भएकोले अझ सतर्कता र सिडिसिको निर्देशन पालन गर्न सबैमा आग्रह गरिएको छ ।

हाल क्यालिफोर्नियामा पनि एकाइ दिनमा १२ हजार ८ सय ७ जना संक्रमित भएका छन ।

हाल अमेरिकामा १ लाख ४५ हजारको मृत्यु भै सकेको छ भने ४० लाख मानिस कोभिड-१९ बाट संक्रमित भएका छन् । गत सोमबार एकै दिनमा ५६ हजार कोरोनाबाट संक्रमित भएका थिए भने संक्रमितको संख्या घट्दो अवस्थामा भएको थियो । गत सोमबार भन्दा हाल २० हजार ज्यादा मानिसहरु संक्रमित भएका छन् ।

श्रोत :सिएनएन

प्रतिक्रिया