बुधबार, साउन २८ २०७७
काठमाडौं १७:३३
वासिङटन डिसी 07:48

बिडिए र सानको तेस्रो संयुक्त सम्मेलनको तयारीको लागि समिति र उपसमितिहरुको गठन

इनेप्लिज २०७६ माघ २० गते २२:५७ मा प्रकाशित

 

ब्लड डोनर्स अफ अमेरिका (बीडीए) तथा सोसाएटी अफ अमेरिकन नेपलीज नर्सेस (सान-एसएएनएन) द्वारा संयुक्तरुपमा अमेरिकास्थित कोलोराडो राज्यको डेन्भर शहरमा जुलाई १७ देखि जुलाई १९, २०२० सम्म हुन गइरहेको तेस्रो सम्मेलन तयारीको लागि विभिन्न समिति र उपसमितिहरुको गठन गर्ने कार्य भएको छ ।

यसरी गठन भएको सम्मेलन मूल समितिको अध्यक्षमा भूषणलाल श्रेष्ठ तथा उपाध्यक्षहरुमा टिका पौडेल र स्याण्डी शर्मा रहनुभएको छ । यसै गरी सचिवमा श्रीराम लुइँटेल तथा सदस्यहरुमा डा. संगीता श्रोत्रिया, राजु सिटौला, डा. पंकज तिम्सिना, पदम विश्वकर्मा, दिपक सुनुवार, विनिता सापकोटा, सम्झना आचार्य, धन पौडेल, नारायण श्रेष्ठ, र बासुदेव खनाल रहनुभएको छ ।

विभिन्न संघसंस्थाहरुको प्रतिनिधिको रुपमा तारा अधिकारी – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो, रिपेन्द्र कार्की – संखुवासभा समाज, नवराज मरासिनी – नेपाली घर, रामगोपाल श्रेष्ठ – रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल, नवराज न्यौपाने – एनआरएन, कोलोराडो च्याप्टरबाट समितिको सदस्यको रुपमा रहनुभएको छ ।

सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न मूल समितिले गर्नुपर्ने कार्यहरुलाई अझ सहज बनाउन विभिन्न व्यक्तित्वहरुको संयोजकत्वमा ९ उपसमितिहरुको पनि गठन गरिएको छ । यसरी गठन गरिएको उपसमिति र तिनको संयोजकहरुमा पदम विश्वकर्मा – प्रायोजक उपसमिति, डा. संगीता श्रोत्रिया – वित्त उपसमिति, राजु सिटौला – प्रकाशन उपसमिति, श्रीराम लुइँटेल – दर्ता (Registration) उपसमिति, भुवनकृष्ण श्रेष्ठ – खानपिन (Food) उपसमिति, मनोज तुलाधर – मनोरंजन (Entertainment) उपसमिति, नवराज मरासिनी – विधा प्रवन्ध (Event Management) उपसमिति, टिका पौडेल – लजिस्टिक्स उपसमिति, डा. नन्द रेग्मी – टक प्रोग्राम उपसमिति रहनुभएको छ ।

यसैगरी बिआरटीनेपालडटकमलाई सम्मेलनको मिडिया पार्टनर तोकिएको छ ।

प्रतिक्रिया