शुक्रबार, कार्तिक ५ २०७८
काठमाडौं ०४:०१
वासिङटन डिसी 18:16

सपनाको देश अमेरिका आउन चाहने बाबु छोरी मेक्सिको सीमामा यसरी पानीमा डुबेर निधन (मर्मस्पर्शी)

इनेप्लिज २०७६ असार ११ गते १०:५८ मा प्रकाशित

 

सपनाको देश अमेरिका आउन चाहेका एल साल्भाडोरका बाबु छोरीको दुखद निधन भएको समाचार संचार माध्यममा व्यापक भएको छ । यसको दोष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप हुन् भनि संचार माध्यम तथा सामाजिक संजालमा आरोप लगाईएका समाचार आई रहेका छन् ।

कागजात नहुने लाई देश निकाला गर्ने अभियान र आप्रवासीलाई अमेरिका छिर्न नदिने अमेरिकी राष्ट्रपति ट्रम्पको चुनावी अभियानको साथै अमेरिकालाई प्रथम प्राथमिकता दिने प्रतिबद्धता गरेता पनि सिमा नाघेर आउने क्रम अझ रोकिएको छैन । तर न्युनतम चै भएको छ ।

तस्बिरमा डुबेर निधन भएका बाबु छोरी घोप्टो अनुहार लगायर रियो ग्रान्देमा घटना भएको हो । सिमा छिर्न कडा नीति र निगरानी राखे पछि जोखिम पूर्ण उपाय अपनाई आउने हुँदा यस्ता दुखद घटना घटी रहेको संचार माध्यमले समाचार लेखेका छन् ।

अस्कार अल्बेर्टो र उनकी छोरी अमेरिका पस्ने क्रममा दुखद निधन भएको एल साल्भाडोरका अधिकारीले जनाएका छन् । उक्त शव गत सोमबार मेटामोरोस पारी टेक्ससको ब्राउनभिलमा फेला परेको हो ।

मेक्सिकोका छायाचित्रकार ( फोटोग्राफर ) जुलिया ले डकले उक्त तस्बिर लिएकी हुन् । उक्त तस्बिरमा बाबुको गन्जी भित्र छोरी लाई बुई चढाएको देखिन्छ ।

तस्बिरकृतज्ञता : जुलिया ले डक

प्रतिक्रिया