सोमबार, साउन ६ २०७६
काठमाडौं ०९:२०
वासिङटन डिसी 23:35

ताजा समाचार :एनआरएन अमेरिकाको वेबसाइट(संजाल) सुनिल शाहको व्यवसाय साझेदार शंकेस्वर सुबेदीको श्रीमती रोशी अमात्यको नाममा भएको पुष्टि ,प्रमाण सहित

इनेप्लिज २०७६ वैशाख ३० गते २२:१६ मा प्रकाशित

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका वर्तमान वरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी सुनिल शाहको व्यवसाय साझेदार (बिजिनेस पार्टनर ) शंकेस्वर सुबेदीको श्रीमती रोशी अमात्यको नाममा भएको पुष्टि भएको छ ।

एआईजीईएएल ,एलएलसी ( AIGEAL.LLC)नामक ब्यबसायमा सुनिल शाह निर्देशक हुन् भने शंकेस्वर सुबेदी पनि निर्देशक रहेको यस कागजातद्वारा पुष्टि भएको देखिन्छ । उनकै ब्यबसाय साझेदार सुबेदीका पत्नी रोशी अमात्यलाई एनआरएनए अमेरिकाको आधिकारिक संजाल (वेबसाइट ) बनाउने जिम्मा स्पार्कइन्टेल इङ्क लाई दिइएको खुलाशा भएको छ ।

उक्त स्पार्कइन्टेल इङ्क कम्पनि प्रतिष्ठान फेब्रुअरी १५ ,२०१६ मा मात्र दर्ता भएको देखिन्छ । रोशी अमात्य स्पार्कइन्टेल इङ्क कम्पनि (प्रतिष्ठान)को निर्देशक रहेको यो कागज प्रमाणले स्पष्ट भएको छ ।

एनआरएन अमेरिकाको सदस्य बन्ने क्रममा ४८ घण्टा सम्म सर्बर डाउन (जालवितरक बिग्रेको )को अहिले सम्म कुनै रिपोर्ट (प्रतिबेदन ) दिएका छैनन् भने यसको चौतर्फी माग अझ भै रहेको छ । जसको कारण धेरै व्यक्तिहरु सदस्य बन्नबाट बन्चित भएका थिए । शाह वेबसाइट बनाउने प्रमुख जिम्मेबार लिएका छन् भने आफ्नो चुनावी प्रचार तथा प्रसारमा संजाल (वेबसाइट )लाई अहिले सम्म कै सर्वाधिक राम्रो भनि रहेका छन् ।

 

उनले पेन्टागनको वेबसाइट ह्याक (अनाधिकृत प्रवेश ) हुन् सक्छ तर हाम्रो एनआरएनए अमेरिकाको कहिले नहुने दावी सम्म गरेका थिए । तर अहिले सम्म पनि अमेरिका जस्तो उच्च प्रविधिको विकासकको चरम सिमा नाघेको राष्ट्रमा सर्बर डाउन (जालवितरक बिग्रेको ) रिपोर्ट दिन असमर्थ रहेका छन् ।

यसलाई अमेरिकाका गैर आवसीय नेपालीहरुले सुनियोजित रुपमा गरिएको आरोप लगाएका छन् । सामान्य रुपमा दिन सकिने रिपोर्ट (प्रतिबेदन )नदिएको र सार्वजनिक नगरेको कारण थुप्रै शंका उप शंकाको घेरामा सुनील शाह अझ पनि परि रहेका छन् । आगामी मे १८ र १९ का दिन निर्वाचन हुदै छ ।

वेबसाइट (संजाल ) बनाउने प्रतिष्ठानको प्रमुख पनि उनि ,वेबसाइट बनाउने कम्पनि(प्रतिष्ठान ) व्यवसाय जिम्मा पनि आफ्नो ब्यबसाय साझेदार(बिजिनेस पार्टनर ) को श्रीमतीलाई दिने र सर्बर डाउन (जालवितरक बिग्रेको ) भएको प्रतिबेदन पनि नदिने आफै उम्मेदार हुने ।

अमेरिका जस्तो मूलकका हजारौ संजाल बनाउने प्रतिष्ठान को फ्यालाफ्याल रहेको अवस्थामा सुनिल शाहले सन् २०१६ मा मात्र खुलेको संस्थालाई दिनुले अझ शंका उप शंका गर्ने थुप्रै ठाउँ देखिन्छ ।

प्रतिक्रिया