बाल्टिमोर द्वारा ट्रम्प प्रशासन बिरुद्ध आप्रवासी नीति माथि मुद्धा दायर

इनेप्लिज २०७५ मंसिर १३ गते ११:५७ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरले ट्रम्प प्रशासन बिरुद्ध आप्रवासी नीतिको बिषयलाई लियर मुद्धा दायर गरेका छन् । गत नोभेम्बर २८ तारिख उक्त मुद्धा दायर गरिएको हो ।

उक्त मुद्धामा राज्य बिभागका नीतिहरुलाई परिवर्तन गरेको आरोप सहित उक्त कुरा गैर कानुनी भएको भनिएको छ । साथै प्रवेश आज्ञा निवेदकलाई समेत उक्त नीतिले अबरोध खडा गरेको आरोप छ ।

साथै बाल्टिमोरमा बसोबास गर्ने आप्रवासीहरुले उपभोग गर्दै आएका संघीय सरकारका विभिन्न सुबिधा सम्बन्धिले कानुनी रुपमा बसोबास गर्नेलाई मात्र हैन कि योग्य आप्रवासीहरुका यस्ता सुबिधाहरु पाउने कुरामा भयभित भएको उल्लेख छ ।

बाल्टिमोरका नगर प्रमुख क्याथरिन पुघले बाल्टिमोर शहर आप्रवासीहरुलाई हातेमालो गर्ने शहरको रुपमा प्रसिद्ध रहेको बताएकी छिन् । साथै उनले ट्रम्प प्रशासनले आप्रवासीहरुले पाउने तथा इच्छा गर्नेहरुका लागि अबरोध गरेको उल्लेख गरेकी छिन् । नगर प्रमुख डेमोक्रेटिक दलकि नेता हुन् ।

ट्रम्प प्रशासन बिरुद्ध मेरिल्याण्ड स्थित युएस डिस्ट्रिक कोर्ट (जिल्ला अदालत ) मा डेमोक्रेसी फरवार्ड फाउनडेसन को सहकार्यमा मुद्धा दायर गरिएको हो । उक्त मुद्धा दायर गर्ने संस्था समूह डेमोक्रेटिक दल संग सम्बन्ध रहेको छ ।

उक्त मुद्धाको बिषयमा वाशिंगटन मा आधारित संगठनले ट्रंप प्रशासन् अन्य देशहरू र उनीहरूको परिवारमा जन्मिएका मानिसहरूको लागि ट्रम्प प्रशासनको बिरुद्ध दुर्व्यवहारको अर्को उदाहरण भनि एन हार्केभीले आक्रोस व्यक्त गरेको समाचार डब्लुटिओपीमा एपीले लेखेको समाचार प्रकाशित भएको छ ।

दुई दिन मात्र अगाडी डोनाल्ड ट्रम्प राष्ट्रपति भए पछि वाशिंगटन डीसी क्षेत्रमा रहेका होटल (अतिथि गृह ) ले अरुका पाहुना घरलाई घाटा बनाई (सुकाई दिने)दिने भनि हालिएको मुद्धामा अदालतले राष्ट्रपतिको पक्षमा फैसला गरेको थियो ।

तस्बिर कृतज्ञता : विक्ली स्टानडर्ड डटकम

प्रतिक्रिया