मंगलबार, असार ८ २०७८
काठमाडौं १०:५३
वासिङटन डिसी 01:08

अब म कसैलाई छाड्दिन: उपसभापति पौडेल

इनेप्लिज २०७२ माघ २४ गते १८:०९ मा प्रकाशित

ramchandra-poudeljpg

तनहुँ, २४ माघ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको १३औँ महाधिवेशनमा अब आफूले कसैका लागि उमेदवारी नछाड्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस तनहुँको जिल्ला अधिवेशनको आइतबार दमौलीमा उद्घाटन गर्दै पौडेलले पार्टीभित्र आफूले सबैलाई छाडिसकेको बताउँदै यो पटकको महाधिवेशनमा सभापतिमा लडेरै छाड्ने उद्घोष गर्नुभयो ।

पौडेलले विगतमा वरिष्ठ नेता शेरबहादुर देउवा र सुशील कोइरालालाई पटक–पटक सहयोग गरेको भन्दै उनले यसपटक उहाँहरुले आफूलाई सभापतिमा सहयोग गर्नुपर्ने बताउनुभयो । नेपाली

नेपाली काँग्रेसभित्र गुटबन्दीको अन्त्यका लागि पनि आफूले सभापतिमा उम्मेदवारी दिने नेता पौडेलले बताउनुभयो ।

प्रतिक्रिया