बुधबार, मंसिर १० २०७७
काठमाडौं ०७:४४
वासिङटन डिसी 20:59

जीतसँगै झापाको २४ अङ्क, पुलिस पराजित

इनेप्लिज २०७२ असोज १० गते १४:०१ मा प्रकाशित

लक्ष्मी काफ्ले

12006118_10207229492792897_2284403338464824566_nबिर्तामोड, १० असोज । जारी रेडबुल राष्ट्रिय लिगअन्तरगत आइतबारको खेलमा झापा ११ ले विभागीय टोली नेपाल पुलिस क्लवलाई पाखा लगाएको छ । सुरुङ्गा खेल मैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा झापाले पुलिसलाई २–० गोलअन्तरले हार चखाएको हो ।

झापाको तर्फबाट दुबै गोल स्ट्राइकर कर्ण लिम्बूले गरे । घरेलु मैदानमा उल्लेख्य दर्शकको समर्थन पाएको झापाले सुरुदेखि नै पुलिसलाई दवावमा राख्यो । खेल सुरु भएको केही बेरमै पाएको पेनाल्टीलाई कर्णले जाली चुमाउन नसकेपनि बाँकी दुबै गोल उनले नै लगाए । कर्णले खेलको ४१औँ र ८२औँ मिनेटमा गोल गरेका हुन् ।

आइतबारको २ गोलसँगै कर्णको व्यक्तिगत गोल संख्या १० पुगेको छ । जारी लिगमा कर्ण सर्वाधिक गोलकर्ता हुन् ।  १३औँ खेल खेलेको झापाले आइतबारको जीतसँगै २४ अङ्क बनाएको छ । झापा शीर्ष स्थानमा अझ बलियो भएर उभिएको छ । पुलिसको भने १२ अङ्क मात्र छ ।
खेलको म्यान अफ दी म्याच झापाका देवेन्द्र तामाङ घोषित भए । झापाले अब अवे अन्तर्गत २० गते मनाङसँग खेल्नेछ ।

प्रतिक्रिया