आइतबार, माघ ९ २०७८
काठमाडौं ०८:३०
वासिङटन डिसी 21:45

यस्तो कसैलाई नपरोस : नवराज शिवाकोटी

इनेप्लिज २०७२ जेठ ३२ गते १५:३७ मा प्रकाशित

samira-600x419

टेक्सास / अमेरिकाका टेक्सास स्थित डेन्टन सहरमा व्यवसाय गर्ने नवराज शिवाकोटीको परिवार जुन १० २०१५ विहान ११ बजेसम्म समान्य रुपमा चलिरहेको थियो । स्टोरमा श्रीमती सिमरा थिईन । नवराज दुई नावालक छोरीलाई खुवाउने लगायत घरायसी काममा थिए । करिव ११ बजे उनको फोनमा घण्टी वज्यो तर, घरायसी काममा यस्तै उतै काम गर्दा उठाउन पाएनन् । स्टोरवाटपनि फोन आएको रहेछ । पहिलो मिसकल सधैं स्टोरमा आउने ग्राहकको थियो । उनले के परेछ भनेर कल व्याक गरे । नियमित ग्राहकले जे भनि उनी त्यो वाक्य दोहोर्याउन पनि चाहंदैनन् । उसले जे भनि म सुन्नै सक्दिन कसरी भनु, भक्कानो पर्दै नवराजले भने । केही सम्हालिएपछि नवराजले भने त्यो ग्राहकले समिरा इज सट् डेड भनि त्यसैपछि मैले केही थाहा पाइन् । यो फोनले नवराजको जीवनमै बज्रपात ल्याईदियो । घटना भएको दुई दिन वितिसक्दापनि उनी सम्हालिन सकेका थिएनन् । लाग्छ यो घटनाको चोट विर्सन नवराजको परिवारलाई निकै कष्ट हुने छ ।

कलोनी सरहमा रहेको आफ्नै स्टोरमा काम गरिरहेका वेला जुन १० वुधवार विहान ग्राहकको भेषमा आएको एक लुटेराले टाउकोमा गोली हानी हत्या गरेको थियो । समिरा र नवराज ५ बर्ष अघि विवाह वन्धनमा वाधिंएका थिए । सन् १९८४ अप्रिलमा सर्लाहीमा जन्मेकी समिरा तीन वर्ष अघि अमेरिका आएकी थिईन । तीन बर्ष अघि जव उनी ड्यालस एयरपोर्टमा ओर्लिन मलाई भेट्नासाथ अंगालो हालेकी थिईन नवराज गहभरी आंशु झार्दै भन्छन् मलाई अझै आशा छ उनी फेरी यसरीनै मलाई अंगालो हाल्न आउंछिन् ।
दैव नवराज र दुई नावालक छोरीका लागि असाध्यै निष्ठुर छ, समिराको मृत शरिर बुझ्नका लागि अस्पतालले पठाएको पत्रमा नवराजले हस्ताक्षर गर्नु परेको छ ।
नियमित ग्राहकको त्यो फोनपछि उनले भाईलाई फोन गरेर स्टोरमा इमरजेन्सी छ त्यहां जान भने । भाई घरमै आएपछि उसकै गाडी लिएर स्टोर पुग्दा त्यहां प्रहरीको घेरा वनिसकेको थियो । मलाई आशा थियो उनी अझै वांचेकी छन् नवराज भन्छन् त्यहां एक जना प्रहरीले भने आईएम सरी योर वाइफ इज नो मोर भनेपछि मलाई सम्हालिन अझ कठिन भयो । सम्हालिन कठिन भईरहेको थियो तर, नवराजलाई समिरा छैनन भन्नेमा विश्वासनै लागिरहेको थिएन । प्रहरीले क्यामराको हेर्न खोज्जे उनले एक्सेस गराईदिए । समिरालाई अस्पताल लगिएको रहेछ । मलाई उनी अझ आउंछिन भन्ने थियो नवराज भन्छन् जव भोलिपल्ट अस्पतालवाट मृत शरिर वुझ्नका लागि चिठ्ठी आयो त्यसपछि मलाई सम्हालन गारो भयो ।

हत्यारालाई ढिलो चांडो प्रहरीले पक्राउ गर्लान नवराज भन्छन् वर्णभेद, धर्मभेदमा मेरो विश्वास छैन तर, म यही भन्छु यस्तो कसैमाथि नहोस नेपाली मात्र होइन कुनै मानव माथि यस्तो नहोस कसैले अकालमा विना कारण ज्यान गुमाउनु नपरोस ।
डेन्टनमा नवराजको घरमा समवेदना दिन जो पुग्छन् सवैका आंखा रसाउंछन् । एउटा लुटेराको सनकले मेहिनेत र परिश्रमि नेपाली परिवारलाई वज्रपात पारेको छ । प्रहरी अत्यारालाई खोजिरहेको छ । प्रहरीले सुचना दिनेलाई १० हजार डलरको पुरष्कार पनि घोषणा गरेको छ । केही सुराक मिलेको र हत्यारा छ्टिै पक्राउ पर्ने प्रहरी स्रोतले जनाएको छ । समिराको आइतवार अन्तेष्ठी गरिने छ ।

प्रतिक्रिया