लोकतन्त्रमा आवधिक निर्वाचन आवश्यक: आयुक्त उप्रेती
लुम्बिनी (रुपन्देही), २१ माघ । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले लोकतन्त्रलाई सुदृढ गर्न आवधिक निर्वाचन आवश्यक भएको बताउनुभएको छ ।
उहाँले निर्वाचन नहुँदा लोकतन्त्र धर्मराउने उल्लेख गर्दै निर्वाचनले मात्र लोकतन्त्रको सुधार हुने बताउनुभयो ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता तर्जुमा सम्बन्धमा आज भैरहवामा सरोकारवालासँगको अन्तरक्रियामा प्रमुख आयुक्त उप्रेतीले नेपालमा लोकतन्त्र पटकपटक प्राप्त भएपनि यसको सुदृढीकरण भने हुन नसकेकाले यसलाई दिगो बनाउनुपर्ने आजको आवश्यकता भएको बताउनुभयो ।
उहाँले निर्वाचनका विविध पक्षमा सुधारको आवश्यता रहेको भन्दै नेपालमा राजनीतिक दलले आचारसंहितालाई विभिन्न बहानामा मिच्ने गरेको भन्दै त्यसो नर्गन आग्रह गर्नुभयो ।
उहाँले मतादाता नामावलीलाई अद्यावधिक गर्न फागुन १ गतेबाट गाउँगाउँमा जान लागेको जानकारी गराउनुभयो ।
जिल्ला न्यायाधीश खड्कबहादुर केसीले आचारसंहितालाई कसरी व्यवहारिक बनाउन सकिन्छ र आचारसंहिता उल्लङ्न गर्नेलाई गर्ने कारबाही स्पष्ट हुनुपर्ने बताउनुभयो ।
निमित्त प्रमुख जिल्ला अधिकारी कौशलराज शर्माले निर्वाचनलाई व्यवस्थित गर्न आचारसंहिताको पालना जरुरी भएको बताउनुभयो ।
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
प्रतिक्रिया